१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नमोबुद्धको वडा कार्यालयबाट लुटिएको महत्वपूर्ण सामग्री गायब

अ+ अ-

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका-३ वडा कार्यालयबाट बिहीबार लुटिएको महत्वपूर्ण सामग्री गायब पारिएको छ । लुटिएकोमध्ये तीन गाडीमा रहेको वडा कार्यालयको अन्य सामग्री भने प्रहरीले बिहीबार दिउँसो देउरालीचोकमा नियन्त्रणमा लिएको थियो ।

वडा कार्यालयबाट सामग्री लुटेर चार वटा गाडीमा हालेको तर ल्यापटप कम्प्युटरलगायत महत्वपूर्ण कागजात भने निजी कारमा अर्कै बाटो लगेकाले प्रहरीले फर्काउन सकेको थिएन । नमोबुद्ध नगरपालिका-३ कै विष्णु पौडेलको निजी कारमा लगेको ल्यापटप कम्प्युटर, तीन माइन्यूट बुक, नगद ३० हजार र केही रसिद प्याडहरु फिर्ता नभएको वडाध्यक्ष रामशरण हुमागाईँले बताए । ‘कार अर्कै बाटो गएकाले प्रहरीले फेला पार्न सकेन, कारबाहेकको अन्य सामग्री प्रहरीले कार्यालयमा फिर्ता गराइसक्यो’, हुमागाईँले भने ।

नेपाली कांग्रेस समर्थित भुपू सैनिक संघ काभ्रेपलाञ्चोकको जिल्ला अध्यक्ष नमोबुद्ध नगरपालिका-३ दाहालटार निबवासी इन्द्रप्रसाद दाहालको नेतृत्वमा गएको करिब तीन दर्जनको समूहले भेँडाबरीस्थित वडा कार्यालयको डेक्सटप कम्प्युटर एक, ल्यापटप कम्प्युटर एक, दराज, सम्पूर्ण कागजपत्र (फाइल), कार्यालयका टेबुल-कुर्सी, कार्पेटलगायत सबै सामग्री लुटेर तीन वटा ट्रक र एक निजी कारमा लगिरहेको अवस्थामा तीन वटा ट्रक जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले दिउँसो १ बजे नियन्त्रणमा लिएको थियो ।

‘हामी पुग्नेबित्तिकै गाडी छाडेर सबै भागे, कसैलाई पनि नियन्त्रणमा लिन सकिएन, नियन्त्रित सामग्री सुरक्षित गरी कार्यालयमा फर्काइयो, कारमा लगेको सामग्री फेला पार्न सकिएन, कार्यालयसँग फिर्ता नभएको सामग्रीको सूची मागेका छौँ’, प्रहरी उपरीक्षक जयराज सापकोटाले भने ।

वडा कार्यालयका लागि व्यवस्थित गरिएको जमीन नापजाँचसम्बन्धी काम गर्न वडाध्यक्ष हुमागाईँ नापी कार्यालय धुलिखेल गएको मौकामा बिहीबार बिहान ११ बजे नेपाली कांग्रेसका स्थानीय नेतारकार्यकर्ताले वडा सदस्य, वडा सचिव र वडाका एक कर्मचारीलाई बाहिर निकाली वडा कार्यालयका सम्पूर्ण सामग्री लुटेर लगेका थिए ।

केही समयदेखि वडा कार्यालय सार्ने विषयमा काङ्ग्रेसका नेता कार्यकर्ताले आफूलाई दाहालचौरमा सार्नुपर्छ भन्दै दबाब दिँदै आएको वडाध्यक्ष हुमागाईँले बताए । उनका अनुसार अस्थायीरूपमा भेँडाबारीस्थित एक घरमा सञ्चालन गरिँदै आइएको वडा कार्यालय वडाको केन्द्र भाग पर्ने गरी देउरालीडाँडामा राख्ने निर्णय वडास्थित जनप्रतिनिधि तथा नगर कार्यपालिका समेतको बैठकले निर्णय गरिसकेको छ ।

भुपू सैनिक संघका जिल्ला अध्यक्ष दाहालले बिहीबार आफूहरुले वडा कार्यालयको सामग्री निकालेर ल्याएको तर सबै सामग्री फिर्ता भइसकेको दाबी गरे । उनले वडा कार्यालयको सामग्री नगरपालिका कार्यालयमा बुझाउन लाग्दा प्रहरीले हस्तक्षेप गरी फिर्ता गरेको बताए ।

नगरप्रमुख टङ्कप्रसाद शर्माले भने वडा कार्यालयका कुनै पनि सामग्री नगर कार्यालयमा नआएको बताए । वडाध्यक्ष हुमागाईँका अनुसार वडा कार्यालयको सामग्री लुट्ने तथा महत्वपुर्ण सामग्री गायब बनाउनेविरुद्ध किटानी जाहेरीको प्रक्रियामा जाने तयारी भइरहेको छ । ‘नगर कार्यपालिकाको बैठकपछि सरकारी कागजात लुट्ने र गायब पार्नेविरुद्ध किटानी जाहेरीको प्रक्रियामा छौँ’, वडाध्यक्ष हुमागाईँले भने ।रासस

प्रतिक्रिया दिनुहोस