२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचनको मनोनयन दर्ता आज

अ+ अ-

काठमाडौं । मंसिर १४ मा हुने उपनिर्वाचनको मनोनयन दर्ता आज हुँदैछ । आज प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवारको लागि मनोनयन दर्ता हुन लागेको हो ।

आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका उमेदवारहरुले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन सक्नेछन् ।

दिउँसो साढे १ बजे देखि ३ बजेसम्म मनोनयन दर्ता गराएका उम्मेदवारहरुको सूची प्रकाशित गरिनेछ । शुक्रबार बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारहरुविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ । शनिबार दिउँसो साढे १ बजेसम्म उजुरीउपर जाँचबुझ गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारहरुको नामावली प्रकाशन गरिने छ ।

नाम फिर्ता लिन चाहने उम्मेदवारहरुले आइतबार (२४ गते) बिहान १० बजेदेखि १ बजेसम्म नाम फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन दिउँसो ३ बजेदेखि ५ बजेसम्म गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

आयोगले २५ गते बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ ।

यस्तै, स्थानीय तहको मनोनयन दर्ता भने कात्तिक २७ हुनेछ ।

मंसिर १४ गते हुने उपनिर्वावाचनका लागि प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ पदमा जनप्रतिनिधि चुनिने छन् । उपनिर्वाचनमा भागलिने दलहरुको संख्या १०१ रहेको छ ।

आयोगले उपनिर्वाचनको लागि २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकेको छ । मुख्य निर्वाचन अधिकृत ३७ र निर्वाचन अधिकृत ११ जना नियुक्त गरिएको छ ।