कमाठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेकी छन् । आयोजनाको कामको प्रगतिको अवस्थाबारे बुझ्न मन्त्री मगरले स्थलगत निरीक्षण गरेकी हुन् ।
हाल मेलम्ची आयोजनाको हेड वक्र्स र सुरुङ फिनिसिङको ठेक्का पाएको कम्पनी सिनो हाइड्रो कर्पोरेशनले काम अघि बढाइरहेको छ ।
यसअघि ठेकेदार कम्पनी सिएमसीले काम छोडेर गएपछि बाँकी कामको ठेक्का सिनो हाइड्रोलाई दिइएको हो । सिनो हाइड्रोले अबको एक वर्षमा मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी काम सूरु गरिसकेको छ ।
मन्त्री मगरले आयोजनालाई काम समयमै सक्ने गरी काम तिव्र अघि बढाउन निर्देशन दिएकी छन् ।







