२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यान्भासमा उत्तरगया : लोभलाग्दो फलाखु र त्रिशूली नदी

अ+ अ-

उत्तरगया । कैँचीले मुठारे झैँ देखिने सर्लक्क परेको बेत्रावती पारी नुवाकोटको तुप्चे फाँट । ठाउँठाउँमा भित्र्याउने बेलाको पहेँलपुर धान । धान भित्र्याइसकेपछिका खेतका टम्म मिलेका सुख्खा गरा । माथिल्लो भेगमा मानवीय बस्ती । एक छेउमा नागबेली बनेर बग्दै गरेको त्रिशूली ।

हेर्दै सुन्दर लाग्ने यो दृष्यमा काठमाडौंबाट कलायात्रामा आएका कलाकार दिपेन्द्रमान बनेपाली लोभिए । क्यामरामा कैद भएका बेत्रावती (उत्तरगया) का सयौँ दृष्यमध्ये तुप्चे फाँटले उनको मन तान्यो । बेत्रावतीको भिमसेनथानबाट क्यामरामा कैद भएको नुवाकोटको दुप्चेलाई एक्रेलिकका माध्यमबाट उनले क्यानभास रङ्ग्याए ।

उत्तरगयास्थित त्रिशूली र फलाखु खोलाको सङ्गम किनारबाट चित्रकार राधेश्याम कर्माचार्यले पाखा, पखेरा र ढुङ्गासँग पौँठेजोरी खेल्दै नागबेली भएर छङ्छङ बग्दै गरेको त्रिशूलगङ्गालाई क्यान्भासमा उतार्न चुकेन । वैदिक पुराण श्रीमत्भागवत्को हिमावत्खण्डमा वर्णित गोसाइँकुण्डबाट बग्ने त्रिशूलगङ्गा बेत्रावतीमा झरेपछि बेत्रगङ्गा र रुद्रगङ्गामा मिसिने ठाउँ उत्तरगयाका रुपमा प्रख्यात छ । भारतको दक्षिणगया स्नान गर्न जाँदा उत्तरगया स्नान गरेको छ कि छैन भनेर सोध्ने चलन रहेकाले पनि यसको महत्व धेरै छ भन्न सकिन्छ ।

नेपाली पर्वमा विभिन्न जिल्लाबाट आएर ब्रतालुहरुले स्नान गर्ने ठाउँमा ‘रसुवा कला यात्रा’ लिएर यसपाली राजधानीबाट चित्रकारको टोली पुगेको हो । ऐतिहासिक, धार्मिक र पौराणिक महत्व बोकेको उत्तरगयालाई कलाकारको टोलीले शुक्रबार आ–आफ्नै कोणबाट तिखारे । कलाकार सूर्यराम सुवाल र पुण्यराम माताङले त्रिशूलगङ्गालाई नै आधार मानेर अली फरक दृष्यलाई क्यान्भासमा भने । उनीहरुको चित्रमा त्रिशूलीको छालमात्रै होइन काउले, भाल्चे र माने गाउँको दृष्यसमेत कैद भयो ।

केही माथि थिए अर्का कलाकार दिवेश प्रधान । गोरसाइँकुण्डबाट रफ्तार लिएर झर्दै गरेको त्रिशूलीको बहावमा उनको मन अडियो र त्यसैलाई क्यान्भासमा ढाले । तल्लो भेगमा थिए कलाकारत्रय विक्रम प्रजापति, प्रकाश मानन्धर र रुविन बाडे । त्रिशूलीसँग मिसिन आउँदै गरेको फलाखु खोला, त्यसमाथि बनेको रसुवा र नुवाकोट जोड्ने पक्की पुल तथा यहाँ रहेका ठूलाठूला ढुङ्गासहितको प्राकृतिक दृष्य उनीहरुको क्यान्भासमा पर्‍यो ।

कलाकार प्रजापति भन्छन्, “ऐतिहासिक र धार्मिक क्षेत्र बेत्रावतीमा आउँदा प्रकृतिलाई भित्रबाट अध्ययन गर्ने अवसर मिल्यो, यहाँको कला, संस्कृति र प्राकृतिक दृष्य उपत्यकाको भन्दा भिन्न रह्यो, प्रकृतिसँग रमाउने अवसर पाउँदा धेरै सिक्ने मौका पनि मिल्यो ।” त्यति नै बेला नागबेली भएर कलकल बग्दै गरेको त्रिशूलीसँगै देखिने माथिल्लो पहाडी बस्ती क्यानभासमा उतार्न कूची चलाउँदै थिए कलाकार झलक केसी ।

माने गाउँलाई पृष्ठभूमिमा राखेर त्रिशूलीको बहावलाई कैद गर्नुभएका केसी त्रिशूलीसहितको माथिल्लो पहाडी बस्तीले मन छोएकाले घामको परवाह नगरी चित्र बनाएको अनुभव सुनाउँछन् । अलीमाथि फलाखु खोलाका बीचमा रहेको ढुङ्गामा आड लिएर कलाकारद्वय राकेशचन्द्र श्रेष्ठ र स्थानीय कलाकार डिल्लीराम घिमिरेले क्यान्भासमा दृष्य बनाए । क्यान्भासको पृष्टभूमिमा कालिकास्थान, लहरेपौवा र धैवुङ प्रष्ट देखिन्थ्यो ।

कलाकार कान्छाकाजी भासीमालाई भने दृष्य चित्रले मात्रै चित्त बुझेन । उनले हरिबोधिनी एकादशीमा देखिने बेत्रावतीको चहलपहललाई क्यान्भासमा ढाले । कञ्चन फलाखु खोला र त्रिशूलीको मिलन बिन्दु, त्यसमाथि बनेको झोलुङ्गे पुल र पुल तर्दै गरेका बटुवा अनि एकादशीमा नदी तारिएको फूलको तोरणले उनको क्यान्भासमा स्थान पायो । लक्ष्मीप्रसाद खतेजा र तथागत चित्रकारले यहाँको पुरानो भवनलाई क्यान्भासमा उतारे ।

ब्रमाण्डको रक्षाका लागि समुद्र मन्थनका बेला भगवान् शिवले कालकुट विष (हलाहल) सेवन गरेका र कैलासबाट गोसाइँकुण्ड प्रवेश गर्दा त्यो विषयले घाँटीमा औडाहा भएर पानी खोज्ने क्रममा आफूले टेकेको बेतको लौरी जमीनमा गाडेको र त्यहाँबाट गङ्गा उत्पन्न भएकाले यसलाई बेत्रगङ्गा भनिएको जनविश्वास छ । त्यसैबाट अपभ्रम्स भएर बेत्रावती नाम रहन गएकाले यसको पौराणिक र धार्मिक महत्व रहेको हो ।

नेपाल तिब्बतबीचको युद्ध रोक्न विसं १८४९ मा भएको ऐतिहासिक बेत्रावती सन्धिले यसको ऐतिहासिक महत्वको स्मरण गराउँछ । योगी नरहरीनाथले विसं २०४९ मा कोटीहोम गरेपछि भने बेत्रावतीको धार्मिक महत्व बढेको स्थानीय बताउँछन् । यतिका महत्व बोकेर पनि उचित प्रचारप्रसार हुन नसक्दा धार्मिक पर्यटकीय महत्व ओझेलमा परेकाले यहाँको परिचय विश्वमा पुर्‍याउन चित्रकला कार्यशाला गरिएको ‘रसुवा कला यात्रा’का स्थानीय संयोजक शशिकुमार डङ्गोल बताउँछन् । उनले वर्र्षौंदेखिको आफ्नो सपना पूरा भएको बताए ।

विगत एक वर्षदेखि हरेक शनिबार स्थलगत चित्रकला कार्यशाला आयोजना गर्दै आएको फेसबुकबाट जोडिएको कलाकारको एक समूहले नजिकिँदो नेपाल भ्रमण वर्षलाई केन्द्रित गरेर पछिल्लो समया सम्पदा क्षेत्रमा चित्रकला कार्यशाला गर्दै आएको छ । चित्रका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले अहिले धार्मिक, ऐतिहासिक, पुरातात्विक र सम्पदा क्षेत्रमा पुगेर चित्रकला कार्यशाला आयोजना गरी प्रदर्शनसमेत गरिँदै आएको कलाकार दिवेश प्रधान बताउँछन् ।

उहाँले बेत्रावती र कालिकास्थानमा बनाइएको चित्रलाई राजधानी काठमाडौँमा प्रदर्शन गरिने बताए । बच्चाले लेख्न पढ्न नजान्ने बेलामा पनि चित्र कोर्न सक्छ । भावना व्यक्त गर्ने माध्यम हो चित्रकला । अभिलेखको महत्वपूर्ण माध्यम भएकाले पनि एउटा देशका लागि चित्रकला अति नै महत्वपूर्ण रहेको प्रधान बताउँछन् । अझै पनि धेरै अध्ययन चित्रकलाबाटै हुने गरेको उनले बताउए।

उक्त टोलीले यसअघि भोटेकोशी सभ्यता शीर्षकमा सिन्धुपाल्चोकमा चित्रकला कार्यशाला गरिसकेको छ । उक्त समूहले उपत्यकाका तीनै जिल्लामा श्रृङ्लाबद्धरुपमा कार्यशाला गर्दै आएको छ । त्यसैको निरन्तरता हो ‘रसुवा कला यात्रा’ । नियमित शनिबारीय स्थलगत चित्रकला कार्यशाला शृङ्खलाअन्तर्गत रसुवाको कालिका गाउँपालिकामा पनि कार्यशाला आयोजना गरिएको रसुवाका कलाकार डिल्लीराम घिमिरेले बताए ।

रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल काठमाडौँबाट आएका कलाकारले दृष्य चित्रमा उतारेर बेत्रावतीको परिवेशलाई विश्वमा पु¥याउने प्रयास गरेकामा सराहना व्यक्त गरे । यस्ता कार्यक्रमले कलाकारमा निखारता आउने र स्थान विशेषको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास कलाकारको छ ।