२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युनिभर्सल मेडिकल कलेजमा विद्यार्थीले लगाए ताला

अ+ अ-

बुटवल । अतिरिक्त शुल्क फिर्ता नगरेको भन्दै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा एमबीबीएस अध्ययनरत विद्यार्थीले तालाबन्दी गरेका छन् ।

विद्यार्थीबाट लिइएको बढी शुल्क फिर्ता लगायत ६ बुँदे माग राख्दै कत्तिक १३ गतेदेखि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । सरकारले पनि बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजहरुलाई निर्देशन दिएको थियो तर अटेर गरेपछि विद्यार्थीहरुले क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्ष, कलेजको प्रशासन र मानव संशाधन शाखामा तालाबन्दी गरेका हुन् ।

सरकारले काठमाडौं उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क लिन पाउने सीमा छ । युनिभर्सल मेडिकल कलेजले प्रतिविद्यार्थी कम्तीमा १० लाखदेखि अधिकतम १५ लाखसम्म बढी शुल्क असुलेको विद्यार्थीहरुको दाबी छ । त्यसअनुसार कलेजले पाँचसय भन्दाबढी एमबीबीएसका विद्यार्थीको रकम फिर्ता गर्नुपर्ने छ ।

युनिभर्सलले एमबीबीएस विद्यार्थीसँग मात्र नभई बीडीएसका दुई सय, नर्सिङका एक सय ५० जना र प्यारामेडिक्स पढ्ने सय जना भन्दा बढी विद्यार्थीसंग पनि अतिरिक्त शुल्क असुलेको विद्यार्थीको गुनासो छ ।
विद्यार्थीले अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, परीक्षा शुल्क त्रिभुवन विश्वविद्यालयले तोके अनुसार लिनुपर्ने, विशेष कारणवश आन्तरिक परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीलाई विश्वविद्यालयको परीक्षामा सहभागी गराइनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक शुल्क त्रिविको मापदण्डअनुसार वृद्धि गर्नुपर्ने र आन्दोलन गरेको आधारमा विद्यार्थीमाथि विभेद गर्न नहुने माग राखेका थिए ।