७ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति

अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले नेपाल-भारत सम्बन्धका विषयमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। 

थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत अर्थमन्त्री वाग्लेको अभिव्यक्तिलाई नेपाली राष्ट्रियताको अवमूल्यन भएको टिप्पणी गर्दै सरकारको आधिकारिक धारणा माग गरेका हुन्।

थापाले नेपालमा राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नभएको उल्लेख गर्दै विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्नु गैरजिम्मेवार तर्क भएको बताएका छन्।

उनका अनुसार सीमित समूहका केही धारणालाई आधार बनाएर सिंगो मुलुकको राष्ट्रिय भावनालाई संकुचित रूपमा प्रस्तुत गर्नु उचित होइन। नेपालको राष्ट्रियता देशको सार्वभौमिकता र नेपाली जनताको हितको संरक्षणमा केन्द्रित रहेको उनको भनाइ छ।

नेपालले भारतसँग समानता र पारस्परिक सम्मानमा आधारित सम्बन्ध चाहेको उल्लेख गर्दै थापाले सीमा अतिक्रमण, डुबान र नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको बताएका छन्।

थापाले राष्ट्रहितसँग जोडिएका यस्ता मुद्दामा उठ्ने आवाजलाई असान्दर्भिक ठान्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नसमेत गरेका छन्। उनले वाग्लेको अभिव्यक्ति विगतमा आफूले अघि सारेको भनिएको ‘मुनरो डक्ट्रिन’ सँग सम्बन्धित छ कि छैन भन्ने प्रश्न उठाउँदै यसको जवाफ दिनुपर्ने बताएका छन्।

जिम्मेवार पदमा रहेका व्यक्तिले राष्ट्रिय सरोकारका विषयमा स्पष्ट धारणा राख्नुपर्नेमा जोड दिँदै थापाले अन्त्यमा प्रश्न गरेका छन्, ‘के सरकारको धारणा यही हो?’

0 Comments