२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन गाउँपालिकाबीच भगिनी साइनो

अ+ अ-

बागलुङ । जिल्लाको ताराखोला, तनहुँको बन्दीपुर र गुल्मीको धुर्कोट गाउँपालिकाले एकापसमा भगिनी साइनो गाँसेका छन् ।

ताराखोलाका अध्यक्ष प्रकाश घर्तीमगर, बन्दीपुरका अध्यक्ष पूर्णसिंह थापामगर र धुर्कोटका अध्यक्ष भुपाल पोखरेलले बुधबार भगिनी साइनो जोड्ने समझदारी पत्रमा हस्ताक्षर गरे।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको विशेष उपस्थितिमा भगिनी सम्बन्ध स्थापना तथा घोषणा गरिएको थियो । सो अवसरमा मन्त्री लम्सालले गाउँपालिकाहरुबीच सिकाइ र अनुभव आदान–प्रदानमा मितेरी साइनो फलदायी हुने विश्वास व्यक्त गरे ।

“सकारात्मक र राम्रा कामको अनुशरण र प्रसार गर्न भगिनी सम्बन्ध एउटा माध्यम बन्नेछ”, उनले भने, “आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा पनि यसले मद्दत पुर्‍याउँछ ।” उनले गाउँपालिकाहरुबीच पहिलोपटक भगिनी सम्बन्ध स्थापना भएको भन्दै देशका अन्य गाउँपालिकाहरु यसतर्फ प्रेरित हुने उल्लेख गरे । मितेरी साइनो नेपाली समाजको परम्परा र संस्कृतिसँग जोडिएको भन्दै उनले यसबाट जनताको तहमा समेत सम्बन्ध अभिवृद्धि हुने बताए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापामगरले स्थानीय उत्पादन, कृषि, पर्यटन, संस्कृतिलगायतका क्षेत्रको प्रवद्र्धनका लागि त्रीपक्षीय समझदारी भएको बताए । “पहाडकी रानी भनेर चिनिने बन्दीपुरदेखि मितेरी सम्बन्ध गाँस्न ताराखोला आएका छौँ”, उनले भने, “अब हामीबीच आर्थिक, सामाजिक, सांस्कृतिक, सम्बन्ध सुदृढ हुनुका साथै सहयोगको आदान–प्रदान हुनेछ ।”

धुर्कोट गाउँपालिकाका अध्यक्ष पोखरेलले भगिनी साइनोले जनस्तरमा पनि सम्बन्ध विस्तार हुने बताए । तत्कालीन धुर्कोट राज्यका राजा र बन्दीपुरकी रानीबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले पर्यटन प्रवर्द्धनमा भगिनी सम्बन्धले ठूलो महत्व राख्ने धारणा राखे ।

पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीषले भगिनी सम्बन्ध औपचारिकतामा मात्र सीमित नभई कामयावी र फलदायी हुनुपर्ने बताए । “राम्रा अभ्यास र सिकाइको अनुशरण तथा आदानप्रदानमा मितेरी साइनोले योगदान पुर्‍यायोस्”, उनले भने ।

भगिनी सम्बन्ध स्थापना कार्यक्रममा तीनवटै गाउँपालिकाका जनप्रतिनिधि, पर्यटन व्यवसायी, पत्रकारलगायतको सहभागिता थियो । ताराखोला गाउँपालिका–२ अर्गलमा प्रचलित ऐतिहासिक भुस पोल्ने पर्वको अवसर पारेर भगिनी सम्बन्ध जोडिएको हो । स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटनका हिसाबले तीनवटै गाउँपालिका अघि छन् । ताराखोला र बन्दीपुर गण्डकी प्रदेशमा परे पनि धुर्कोट गाउँपालिका भने प्रदेश नं ५ मा पर्छ ।