२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाम्रो ध्यान सामुदायिक विद्यालयको शिक्षा सुधारमा छ : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक विद्यालयको गुणस्तर सुधार गरेर वैज्ञानिक र गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । श्रीकृष्ण मावि दहचोकको नवनिर्मित विद्यालय भवनको आज उद्घाटन गर्दै उनले सरकार र पार्टीको ध्यान सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नेतर्फ केन्द्रित रहेको स्पष्ट गरे ।

राज्यले प्राथमिकताका आधारमा शिक्षा क्षेत्रमा २० प्रतिशतसम्म लगानी गरेर देशभित्रै स्वरोजगार एवं दक्ष जनशक्ति उत्पादन गर्ने खालको शिक्षा उपलब्ध गराउन लाग्नुपर्नेमा उनको जोड थियो । उनले भने, ‘बेरोजगार उत्पादन गर्ने शिक्षाभन्दा स्वरोजगारमुखी प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षा प्रदान गर्नेतर्फ हामी सबै लाग्नुपर्छ ।’

उनले आफूहरुको घोषणापत्रमा नै प्रविधिमैत्री शिक्षा बनाउने उल्लेख गरिएको स्मरण गर्दै राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम रुप दिने क्रममा रहेको जानकारी दिए । शिक्षा क्षेत्रको सुधार नगरेसम्म समृद्धि र विकासको सपना पूरा हुन नसक्ने उनको भनाइ थियो ।

व्यावसायिक शिक्षा निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले शिक्षामा निजी क्षेत्रलाई निषेध गरेर नहुने बताए । निजी क्षेत्रलाई पनि निषेध गर्न खोजेर, राज्यले दमन गरेर नियन्त्रण गर्ने होइन, सामुदायिक विद्यालयलाई राम्रो गरिदिएपछि स्वतः निजी र सार्वजनिकको सन्तुलन मिल्ने उनको भनाइ थियो ।

त्यसैगरी श्री नारायणजन माध्यमिक विद्यालय, मच्छेगाउँको पनि आजै अध्यक्ष दाहालले भवन हस्तान्तरण तथा समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वैज्ञानिक शिक्षाका लागि सरकारले विशेष जोड दिएको बताए ।

उनले आफूहरुले जनताको जीवनमा सकारात्मक सन्देश दिने र रोजगारमूलक शिक्षाका लागि प्रयासरत रहेको उल्लेख गरे । अध्यक्ष दाहालले समाज र राष्ट्रका लागि योगदान दिनसक्ने क्षेत्र भनेको शिक्षा भएकाले यसमा थप लगानी जरुरी रहेकाले सरकार त्यसतर्फ क्रियाशील रहेको बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले वैज्ञानिक र व्यावहारिक शिक्षाका लागि सरकारले प्रयास गरिरहेको बताए। शिक्षा क्षेत्रमा उल्लेख्य लगानी बढेमात्रै सकारात्मक नतिजा प्राप्त हुने उनको भनाइ थियो ।