काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने यो खेलको विजेता प्लेअफमा पुग्नेछ ।
दुवै टोलीले खेल्ने एघारमा दुई-दुई खेलाडी परिवर्तन गरेका छन् । सुदूरपश्चिमले अभिनाश बोहराको स्थानमा दिपक बोहरा र सैफ जैबको स्थानमा फाबियन एलनलाई खेलाएको छ ।
काठमान्डुले अस्ट्रेलिया फर्किएका डेभिड वार्नर र विलियम बोसिस्टोको ठाउँमा श्रीलंकाका दुसान हेमन्था र अस्ट्रेलियाका साम हिजलेटलाई खेल्ने एघारमा समेटेको छ ।





