२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न मन्त्री बस्नेतको आग्रह

अ+ अ-

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालजस्ता कम विकसित मुलुकका लागि जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न विकसित देशहरुलाई आह्वान गरेका छन् ।

स्पेनको राजधानी म्याड्रिडमा जारी संयुक्त राष्ट्रङ्सघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा उनले विकसित देशलाई कार्बन उत्सर्जन र बढ्दो तापक्रम न्यूनीकरणसम्बन्धी प्रतिबद्धता कार्यान्वयनमा समेत ध्यानाकर्षण गराए ।

विकसित देशहरुले आर्थिक लगानी, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुलाई जलवायु परिवर्तन अनुकूलन नीतिनिर्माण तथा कार्यक्रमहरुमा सहयोग गर्नसक्ने मन्त्री बस्नेतको भनाइ रहेको उनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

मन्त्री बस्नेतले कार्बन उत्सर्जनको निरन्तर वृद्धिले विश्वको तापमान १.५ डिग्री सेल्सियसमा सीमित गर्ने पेरिस सम्झौता कार्यान्वयनमा आउन नसकेकामा चिन्ता व्यक्त गर्दै विकसित देशहरुको ध्यानाकर्षण गराएका थिए ।

गत वर्ष मात्रै विश्वभरबाट ५५ अर्ब टन हरितगृह ग्यास उत्सर्जन भएको उल्लेख गर्दै उनले कार्बन उत्सर्जनको वर्तमान वृद्धिदरले नेपाल जस्ता कम विकसित देशहरु उच्चतम जोखिममा रहेको उल्लेख गरे ।

दक्षिण एशियामा मात्र विश्वको २० प्रतिशत जनसङ्ख्या हिन्दू–कुश हिमालय क्षेत्रको ताजा खानेपानीमा निर्भर रहेको तथ्य प्रस्तुत गर्दै मन्त्री बस्नेतले जलवायु परिवर्तनको असरले खानेपानीका स्रोतहरु खतरामा रहेको औँल्याएका थिए ।

हिमालभन्दा तल्लो तटीय क्षेत्र र पहाडमा बसोबास गर्ने ठूलो जनसङ्ख्या हिमताल विस्फोटन, अत्यधिक पहिरो, बाढी तथा डुबानको जोखिममा रहेको जानकारी गराउँदै उनले यो क्षेत्रमा विशेष ध्यान दिन सरोकारवालाहरुको ध्यानाकर्षण गराए ।

‘जलवायु लगानीको ८० प्रतिशत सबैभन्दा तल्लो तहमा परिचालन गर्ने राष्ट्रिय जलवायु परिवर्तन नीति तय गरेर नेपालले जलवायु परिवर्तनको एजेण्डा कार्यान्वयनमा ठूलो फड्को मारेको छ’, मन्त्री बस्नेतले भने ।

नेपालले स्थानीयस्तरसम्म प्रकोप तयारी र प्रतिकार्य, जोखिम मूल्याङ्कन र जलवायु अनुकूलनका कार्यहरु गरिरहेको उनले सम्मेलनमा जानकारी दिएको प्रेस संयोजक भट्टले बताए ।

मन्त्री बस्नेतले सम्मेलनमा नेपालले जलवायु परिवर्तनको विषयलाई प्राथमिकतामा राखेर आगामी अप्रिल महिनामा अन्तर्राष्ट्रिय मञ्चका रूपमा ‘सगरमाथा संवाद कार्यक्रम’को आयोजना गरेको जानकारीसमेत गराएका थिए ।

उनले सम्मेलनमा सहभागीहरुलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराउँदै आगामी सन् २०२० मा नेपाल भ्रमण गर्न निम्तासमेत गरेका थिए ।