२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालोपत्रको काम धमाधम शुरु

अ+ अ-

बलेवा । बागलुङ जिल्ला सदरमुकामदेखि दक्षिण क्षेत्रको केन्द्र कुश्मीसेरा जाने सडकको ट्र्याक खुलेको दुई दशकपछि कालोपत्रको काम शुरु भएको छ ।

एक्काइस किमी सो सडकखण्डमध्ये आगामी आर्थिक वर्षको अन्त्यसम्ममा कामसक्ने गरी १० किलोमिटर सडकको कालोपत्र गर्ने काम शुरु भएको हो । गण्डकी प्रदेश सरकारले सडकको स्तरीकरणमा प्रादेशिक सडक ‘क’ वर्गमा परेको यो सडकको कालोपत्र गर्ने काम थालिएको भौतिक पूर्वाधार कार्यालाय पर्वतले जनाएको छ ।

गत असारमा बोलपत्र प्रक्रिया थालिएको सो सडकको १० किलोमिटर खण्डको काम भदौ १० गतेबाट शुरु भएको हो । सडक स्तरोन्नतिसहित कालोपत्रको जिम्मेबारी पाएको कर्ण विल्डर्स प्रालिले कामलाई तीव्र बनाएको छ । काम शुरु गरेको पहिलो तीन महिनामै १५ प्रतिशत काम सकिएको निर्माण कम्पनीका साइड सुपरभाइजर सन्दिप श्रेष्ठले बताए ।

मालढुङ्गाभन्दा केहीअघि कालीगण्डकी करिडोरदेखि पाग्जासम्मको झण्डै चार किलोमिटर सडक २०७३ मा पक्की बनेको थियो । सडक विभागले पक्की बनाएको उक्त सडकको अन्तिम विन्दुदेखि कुश्मीशेरातर्फ १० किलोमिटर खण्ड कालोपत्रको काम यो आर्थिक वर्षमा शुरु भएको हो । यो योजना अन्तर्गत पाग्जादेखि टाकुरीसम्मको सडक कालोपत्र हुनेछ ।

भौतिक पूर्वाधार मन्त्रालयको रु २६ करोडको लगानीमा उक्त सडक कालोपत्र हुँदै छ । यो रकम कर बाहेकको रकम हो । विसं २०७८ असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी निर्माणको जिम्मेवारी लिएको कम्पनीले ९ किलोमिटरमा माटो काट्ने, पक्की पर्खाल बनाउने, तारजालीसहितको पर्खाल बनाउने कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । बाँकी एक किलोमिटरमा पनि क्रमशः काम अघि बढेको निर्माण कम्पनीले जनाएको छ ।

‘प्रारम्भिक चरणको काम अन्तिम चरणमा पुगेको छ’, श्रेष्ठले भने ‘नाली निर्माणको काम धमाधम भइरहेको छ । एक दुई महिनामा नै हामीले आधा काम सक्छौ ।’ दुई वर्षको समायावधि लिएर काम थालेको कम्पनीले कुनै बाधा अवरोध नभएमा एक वर्षमै कामसक्ने लक्ष्य लिएको निर्माण कम्पनीका प्रबन्ध निर्देशक नवीन गुरुङले बताए ।

सो सडक निर्माणका लागि कम्पनीले ३०० जना मजदूर र २ दर्जन बढी साना ठूला मेसिनरी सामान प्रयोगमा ल्याएको छ । प्रारम्भिक चरणको कामबाट सरोकारवालासमेत सन्तुष्ट देखिन्छन् । ‘यो सडकको काम सोचे भन्दा द्रूतगतिमा भएको छ’, बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा.सूर्य पाठकले भने, ‘तोकेको भन्दा छ महिनाअघि काम पूरा गरे निर्माण कम्पनीलाई हामी सम्मान गर्छौं ।’ स्थानीयवासीले सडकको कामबाट सन्तुष्ट रहेको बताएका छन् ।

‘हामीले पनि भरपुर सहयोग गरेका छौं, काममा अवरोध हुन दिँदैनौँ’, सडक प्रभावित क्षेत्रका स्थानीय उमानाथ शर्माले भने, ‘समयमा काम हुने आशा पलाएको छ ।’ जिल्लाको दक्षिणमा रहेका सबै गाउँ जोड्ने सडक भएकाले यो सडकमा सर्वसाधारणको चासो बढी रहेको छ । ‘हामीलाई स्थानीय अवरोध भएन र निर्माण सामग्री सहज पायौं भने छिट्टै काम सक्छौं’, साइड इन्चार्ज श्रेष्ठले भने, ‘एक दिन पनि काम रोकेका छैनौ, समयमा हस्तान्तरण गर्छौं ।’ भौतिक पूर्वाधार कार्यालयले पनि अन्य सडकको तुलनामा यो सडकको काम सन्तोषजनक रहेको जनाएको छ । ‘हामीले समयमा काम सक्न प्रेरित गरेका छौं’ भौतिक पूर्वाधार कार्यालय पर्वतका प्रमुख दयाराम अधिकारीले भने, ‘अब छिट्टै बागलुङको दक्षिण पक्की सडकसँग जोडिन्छ ।’

तत्कालीन जिविसले २०५४ मा निर्माण थालेको यो सडक खण्ड २२ वर्ष पुग्दा पनि हिलाम्मे र धुलाम्मे थियो । यो सडक खण्डमा कति रकम खर्च भयो भन्ने यकिन तथ्याङ्कसमेत अझै कतै भेट्न सकिंदैन । कहिले जिविस, कहिले आरआइडिपी, कहिले ड्रिलीप र कहिले स्थानीय तहको बजेट लगानी परेको छ ।

एशियाली विकास बैंकको ऋण सहयोगमा शुरुवातमा कामका लागि खाद्यान्न कार्यक्रममार्फत खुलेको ट्रयाकमा करोडौँ खर्च भएको थियो । यो खण्डमै दोस्रो पटक एडिबीकै सहयोगमा रु १६ करोड लगानी गरियो । विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम ९ड्रिलिप०ले यो सडक ग्राभेलको काम गरेको थियो ।

विसं २०७० देखि ०७२ सम्मको ठेक्का सम्झौता २०७३ मा पूरा भयो । बाटो हस्तान्तरण भएकै वर्ष पनि सहज यात्रा भएन । स्थानीय तह गठन हुँदा पनि यो सडक बागलुङ र जैमिनी नगरक्षेत्रमा पर्छ । स्तरोन्नति र कालोपत्र गर्न नगरको बजेटमा साथ दिने दाताको खोजी गर्दा काम ढिलाइ भएको नगर प्रमुख इन्द्रराज पौडेलले बताए । तर गतवर्ष स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत यो सडकमा रु एक करोड लगानी गरेर डेढ किलोमिटर कालोपत्र गरिएको छ । केही खण्डमा स्टिमेट त्रुटी हुँदा कालोपत्र उप्कियो । तर पनि यो सडकलाई कालोपत्र गरिछाड्ने भन्दै नगरपालिका र सांसद डा सूर्य पाठक अगाडि बढाएका छन् ।

यो वर्षपनि यो सडकको सेरातर्फ र बलेवा खण्डमासमेत बजेट परेको छ । कुश्मीशेरातर्फबाट कालोपत्र गर्नका लागि साझेदारी कार्यक्रमबाट रु दुई करोडको बोलपत्र खुलेको छ भने केन्द्रिय रणनीतिक सडक अन्तर्गतको रु एक करोड बजेटको पनि काम शुरु हुने चरणमा रहेको छ ।