९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सूचना प्रविधि विधेयकका बारेमा हल्ला बढी’

अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका बारेमा नकारात्मक हल्ला फैलाइएको बताएका छन् ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटमा उनले सामाजिक सञ्जाल प्रयोगकर्ता प्रत्येकलाई दर्ता हुनुपर्ने भनेर विधेयकका बारेमा भ्रम सिर्जना गर्न खोजिएको बताए । ‘तथ्य छोप्ने, भ्रम सिर्जना गर्ने काम गरेको देखियो, हरेक नागरिक दर्ता हुनुपर्ने होइन, सामाजिक सञ्जालमात्र दर्ता हुनुपर्ने हो’, उनले भने, ‘फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल प्रयोगकर्ता हरेक दर्ता हुनुपर्ने भनेर जो हल्ला चलाइएको छ, म त्यो ठाडै खारेज गर्छु ।’

विधेयकका सबै अंश अध्ययन गरेर मात्र टिप्पणी गर्न आग्रह गर्दै उनले भने, ‘म भन्न चाहन्छु, सरकारले सबैलाई कारबाही गर्ने होइन, कसैका बारेमा उजुरी पर्‍यो भने मात्र कानून आकर्षित हुने हो ।’ विधेयकमा भएका सकारात्मक कुरा लुकाएर सरकारविरुद्ध नगारिकलाई उचाल्न सकिन्छ कि भनेर फोस्रो प्रयास भइरहेको भन्दै उनले सामाजिक सञ्जालमा स्वस्थ्य र मर्यादित लेख्नका लागि प्रतिबन्ध लगाउने कुनै आशय विधेयकमा नभएको बताए।

‘सरकारले नै सबैलाई जसलाई मन लाग्यो त्यसलाई कारबाही गर्छ भन्ने जसरी हल्ला चलाइएको छ । विधेयकको धारा १५ को उपदफा २ मा दसी प्रमाणको आधारमा कारबाही गर्ने भनिएको छ, सरकारले कारबाही गर्ने पनि होइन’, उनले भने, ‘जिस्क्याएको, होच्याएको, मानमर्दनको सवालमा पनि आलोचना गर्नेबाट आफू अनुकूल ब्याख्या गर्ने काम भएको छ । तर ‘निरन्तर’ भन्ने शब्द लुकाउने काम भएको छ ।’

कानूनी प्रबन्धभित्र रहेर मात्र विधेकयका बारेमा धारणा सार्वजनिक गर्न राजनीतिक दलका नेतालाई आग्रह गर्दै उनले बजार हल्ला वा पूर्वदृष्टिकोणका आधारमा भ्रम नफैलाउन सुझाव दिए ।

‘सरकारले पेश गरेको, उपसमितिले समृद्ध बनाएको, प्रतिपक्षीको आठवटा सुझाव पनि त्यसमा समेटिएको विषयलाई नहेर्ने अनि आफूलाई के लाग्या छ, आफैँ कानून मस्यौदा गरेर भ्रम सिर्जना गर्ने ?’, सत्य लुकाउने काम नगर्न आग्रह गर्दै प्रवक्ता बाँस्कोटाले भने, ‘कानूनी व्यवस्था लुकाउनी, भरसक जनतालाई भन्नै नखोज्नी, सत्यसँग खेलवाट गर्ने ढङ्गबाट हल्ला फैलाइएको छ ।’ सरोकार नभएका व्यक्तिसँग जोडेर सामाजिक सञ्जालमा लेख्ने प्रवृत्ति सामाजिक अपराधीकरण भएको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा प्रवक्ता बाँस्कोटाले उखु किसानको समस्या वर्षेनि दोहोरिरहेकामा आश्चर्य व्यक्त गर्दै किसानलाई भुक्तानी दिलाउन गृह मन्त्रालयले कदम चालेको बताए ।

उखु किसानलाई सरकारले दिँदै आएको अनुदान सही ढङ्गबाट सदुपयोग नभएको भन्दै उनले अनुदानलाई सोझै किसान समक्ष पुर्‍याउने विधिको खोजी भइरहेको छ भने । ‘अनुदान परदर्शी ढङ्गबाट जानुपर्‍यो, अब उखु किसानको समस्या वर्षेनि दोहोरिन हुँदैन’, उनले भने । अहिले किसानले सरकारको तर्फबाट पाउँदै आएको अनुदान चिनी उद्योगमार्फत लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस