१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिमी वायुको प्रभावले पश्चिममा वर्षा र हिमपात

अ+ अ-

काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार अपरान्हबाट नेपालको पश्चिमी भू–भागमा प्रवेश गरेको उक्त प्रणालीको प्रभावले देशको पश्चिमी भू–भागका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

‘सो नयाँ प्रणालीको प्रभाव पश्चिमी क्षेत्रमा आज बेलुकासम्म कायम रहने छ’, मौसमविद् मानन्धरले भनिन् । भोलिबाट मौसम क्रमिक सुधार हुँदै जाने बताइएको छ ।

हाल पश्चिमी क्षेत्रमा सामान्य बदलीसँगै सुदूरपश्चिमका उच्च पहाडी भू–भागका धेरैजसो स्थानमा हल्का वर्र्षा र हिमपात भइरहेको जनाएको छ । राति देशका पश्चिमी भू–भागमा एक–दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको ।

भोलि देशकको पहाडी भू–भागमा आंशिक बदली भई अन्य भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ । बिहीबार देशको पश्चिमी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री र अधिकमत तापक्रम १९ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज दाङ, दिपालय र नेपालगञ्जको न्यूनतम तापक्रम माइनसमा झरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस