२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनसँगका ६ नाका व्यवस्थित गरिने

अ+ अ-

सिन्धुली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मरिणमा औद्योगिक क्षेत्रका विषयमा अध्ययन भएको र यसलाई निष्कर्षमा पुर्‍याइने बताएका छन् । मरिण गाउँपालिकामा सिन्धुली उद्योग वाणिज्य संघ मरिणले आयोजना गरेको मरिण महोत्सवको आज उद्घाटन गर्दै मन्त्री भट्टले सोमबार मरिणका फाँटले नेपालको राजधानीमा अन्न पुर्‍याएको थियो तर आज मरिण खोलाले उर्वरा भूमि खाइरहेकाले चुरे तथा नदी नियन्त्रण गर्नतर्फ स्थानीय, प्रदेश र संघीय सरकार अघि बढेको बताए ।

‘हिजो हामी अन्न विदेश निर्यात गर्थे आज भारतबाट वार्षिक रु ३५ अर्बको चामल आयात हुन्छ, हिजो चामल निर्यात गरेर विभिन्न वस्तु आयात गर्ने नेपाल अहिले चामल आयात गरिरहेको छ, यस्तै गर्दा मुलुकमा व्यापार घाटा बढिरहेको छ’, उनले भने । उनले देशका विभिन्न नाकाहरुलाई व्यवस्थित र आधुनिकीकरण गरिने तथा चीनसँग ६ वटा नाका व्यवस्थित गरिने, तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थित गर्दै दुई देशीय व्यापारलाई कसरी अघि बढाउन सक्छौँ भन्ने विषयमा सरकारले आवश्यक काम गरिरहेको छ भने ।

हालै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरमा ‘आइसिपी पोर्ट’को उद्घाटन गरेकाले नेपालका उत्पादित वस्तुहरु निर्यात गर्दै व्यापार घाटालाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले उत्पादित वस्तुहरु सहजै तेस्रो मुलुकमा पठाउन सहज हुने बताए । आजदेखि शुरु भएको महोत्सव यही माघ १८ गतेसम्म सञ्चालन हुनेछ । रासस