२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी चैतभित्र प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण हुने

अ+ अ-

विराटनगर । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले अभियान शुरुआत गरेको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘ब्यानर वाचन’ गरी अभियानको शुभारम्भ गरे । ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ प्रमुख नाराका साथ शुरु भएको सो अभियान अन्तर्गत आगामी चैत मसान्तभित्र प्रदेशमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा नियन्त्रण गर्ने मन्त्रालयले जनाएको छ ।

सरकारी कार्यालयको १०० मिटरमा सो पदार्थ बिक्री वितरण गर्न निषेध गरिएको र यही माघ महिनाभित्रमा विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने शैक्षिक संस्था, अस्पताल र सार्वजनिक स्थानमा नियम लागू गरिसक्ने महानगरपालिका प्रमुख भीम पराजुलीले जानकारी दिए ।‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८’का प्रावधान कार्यान्वयनमा ल्याइएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुर्तीजन्य पदार्थ सेवनले मानिसलाई लाभभन्दा पनि हानि बढी गर्ने भएकाले यसतर्फ सेवनकर्ता चनाखो हुनुपर्ने बताए । अभियानले प्रदेश नं १ का सबै मन्त्रालयमा सुर्तीजन्य पदार्थविरुद्धको ब्यानर टास्ने काम सम्पन्न गरेको छ ।