सिन्धुली । सिन्धुलीमाढीस्थित कमलामाई नगरपालिका–७ सुनिता पेट्रोल पम्प नजिकै शुक्रवार राति १ बजे माटेरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको महेन्द्रनगर–२ का २४ वर्षीय सुनिलकुमार राय राजपुतको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
मृत्यु भएका दुईजनामध्ये एकको मात्रै सनाखत भएको छ।
सिन्धुलीमाढीबाट भिमानतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ प २५१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
शव सिन्धुली अस्पतालमा राखिएको प्रछ । तीव्रगतीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।







