काठमाडौं । शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसद गजेन्द्र बहादुर महत निकै कड्किए । उनले आक्रोशित हुँदै सरकारलाई छाउपडी गोठको नाममा जनताका घर भत्काइएको आरोप लगाएका छन् ।
सरकारलाई त्यतिकै आरोप लगाउन त पाइँदैन होला नि । यो कुरा सत्य हो भने सरकारले क्षतिपूर्ति दिनुपर्छ ।
महत सत्तारुढ दल नेकपाका जुम्लाबाट निर्वाचित संसद हुन् ।
उनले बैठकमा आक्रोशित हुँदै गृहमन्त्रालयले काम नपाएको बताए । उनले भने ‘छाउगोठको नाममा घर भत्काइयो, गृहमन्त्रालयले काम पाएको छैन ?’
महतको प्रश्न सुनेर बैठकमा महिला संसदहरु हाँसिरहेका थिए ।
महतले अगाडि सरकारलाई प्रश्न माथि प्रश्न गर्दै थिए, ‘अहिले हाम्रो गृह मन्त्रालय यस्तै छ। छाउगोठको नाममा हाम्रो घर भत्काइएका छन्। एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? ८ जना मान्छे होटलमा मृत्यु भएको छ। होटल भत्काउँदै हिँड्ने, हजारौं मान्छेको बस दुर्घटनामा मृत्यु हुन्छ, के बसमा आगो लगाउँदै हिँड्ने ?’
उनले सरकारलाई चाहिँदो काम गर्नुपर्यो नि भन्दै आक्रोशित स्वरमा अगाडि प्रश्न माथि प्रश्न थप्दै गए । उनले भने, ‘चाहिँदो काम गर्नुपर्यो नि। जिल्लामा नुन बेचिएको छ। औषधि बेचिएको छ। भ्रष्टाचार भएको छ। पुलको बेहाल छ। बाटोको बेहाल छ। ठेकेदार कहाँ छ थाहा छैन ।’
यस्तै, नराम्रो काम गर्नेलाई पक्डिएर कारबाही गर्नु पर्ने बताउँदै उनले भने, ‘तिनलाई पक्डिएर कारबाही गर्नु पर्दैन ? स्कुलको अवस्था के छ ? अस्पतालको अवस्था के छ ? हिजो गोर्खाली सेनाको नाममा भत्काइयो। अहिले छाउगोठको नाममा भत्काइयो। गृह मन्त्रालय कहाँ छ ? काम पाएको छैन यसले। ?







