१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाग्मती गाउँपालिकामा छैन एम्बुलेन्स

अ+ अ-

ललितपुर । स्थानीय तह गठन भएको तीन वर्ष हुनलाग्दा समेत वाग्मती गाउँपालिकाभित्र एउटा पनि एम्बुलेन्स सञ्चालन भएको छैन । यहाँका जनताले बिरामी पर्दासमेत एम्बुलेन्स उपभोग गर्न नपाएको पटकपटक गुनासो गर्दै आएका छन् ।

वडा नं ६ आश्राङ् निवासी ६१ वर्षीय मानबहादुर बोम्जन तामाङले गाउँमा कोही बिरामी पर्दा जीप बोलाएर रु आठ देखि १० हजार तिरेर चापागाउँ अस्पताल लैजानुपर्ने बाध्यता रहेको जानकारी दिए । गाउँपालिकाभित्र हुने बिरामीको समस्या समाधान गर्न एम्बुलेन्स खरीदका लागि गत वर्ष नै आफू लागिपरेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । अबको एकदेखि डेढ महिनामा एम्बुलेन्स गाउँपालिकामा भित्र्याउने उनले जानकारी दिए । गाउँपालिकाभित्र करीब ६ हजार जनसङ्ख्या रहेको छ ।

यसैगरी कोञ्ज्योसोम गाउँपालिकाले केही समयअघि रु १४ लाख तिरेर एउटा एम्बुलेन्स खरीद गरेको गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्ताङले जानकारी दिए । उनले भने, ‘हाम्रो गाउँपालिकाभित्र लगभग १० हजार जनसङ्ख्या रहेका छन्, कोञ्ज्योसोमबाट चापागाउँ अस्पताल आउन थोरैमा पनि १५ किलोमिटर पार गर्नुपर्ने भएकाले हालसम्म एउटा एम्बुलेन्स भए पनि बिरामीलाई राहत नै भएको छ ।’

करीब १२ दिनअघिमात्रै महाँकाल गाउँपालिकामा एउटा एम्बुलेन्स भित्रिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको सहयोगमा एम्बुलेन्स महाँकालमा भित्र्याइएको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताए । लामो समय एम्बुलेन्सविहीन रहेको सो गाउँपालिकाबाट पाटन अस्पताल आइपुग्न ६५ किलोमिटर पार गरेर बिरामीका आफन्तले भाडामा सवारीसाधन लिएर आउनुपर्ने समस्याको अन्त्य केही दिनअघि मात्र भएको छ ।रासस

प्रतिक्रिया दिनुहोस