२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिलोमा फुलेका रामलाल जोशी र ऐना

अ+ अ-

फुल टिपेर उनिएका सगल मालाहरु पहिरिन होडबाजी नै चल्ने यो सहरमा हिलोमा उम्रिएर हिलोमै फर्किएका बेबारिसे फुलहरु को महत्व दिन नमानिरहेका हाम्रा फुलका मालिकहरुका निम्ति हिलोमा हुर्केका फुलहरु को सुन्दरता र सुगन्धित बास्नालाई पनि बर्णन गरिनसक्नुको हुँदोरहेछ। भन्ने गतिलो जवाफ बनी निस्किएका रामलाला जोशी र उहाँको ऐनाले सहरमै बसेर सहरमै हुर्केका तर ती सुदुरका सुन्दर बस्तीहरुमा जान नमानिरहेका वरैबाट त्यहा को ब्याथा पढेर गएजस्तै गरि बातका बिटा छाटिरहेका ती मान्छेहरुका लागि ऐनाले सुदुरका बस्तिहरुको जस्ताको त्यस्तै सगल रुप देखाइदिंदा हामी हाम्रो देशबाट कति पीडामा बाचिरहेका छौं । र हास्न नमानीरहेका सुदुरका ती कोमल ओठहरुमा कति पीडाका छालहरु उर्लिएर बोली फुटाउन नसकी जीवन गुजार्नु परेको छ भन्ने तथ्य सरल स्पष्ट शैलीमा बुझ्न सकिन्छ ।

एक छिन सोचे म ऐनासँग त्यति परिचित हुन पाएको छैन तर ऐनाले आफ्नो सगल रुप मेरो मानसपटलमा जस्ता को त्यस्तै देखाइरहेको छ

दिनभरीको काम अनि थकानले थिलथिलो परेको मेरो शरीरलाई साँझपख खाना खाइसकेपछि बेलैमा सुत्नका लागि ओछ्यानमा लम्पसार पारी तन्काइरहेको थिएँ । भुसुक्क निदाएँछु । सबेरै सुतेर होला राति दुई बजे एक्कासी मेरो निन्द्रा खलबलियो । फेरि पहिले कै जस्तो गरि निदाउन खोजें अहँ १ निन्द्रा नै परेन । २ बजेराति निन्द्रा खलबली सक्यो एक छिन बाहिर निस्किने सोच बनाएँ होस्टेलको एक किनारामा एक छिन बसें र कफी खाएँ । फेरि पनि निन्द्रा परेन अनि सिरानीमा रहेको ल्यापटप समातेर आजको समाचार के हेर्न खोजेको थिएँ । रामलाल जोशी ज्यु को ऐनाको बारेमा चर्चा र परिचर्चा देखिन थालें । मदन पुरस्कार जितिसकेको ऐनाले प्रत्येक मानिसको मन पनि जित्न सफल भएछ । खुसीको सीमा नै रहेन १ एक छिन सोचे म ऐनासँग त्यति परिचित हुन पाएको छैन तर ऐनाले आफ्नो सगल रुप मेरो मानसपटलमा जस्ता को त्यस्तै देखाइरहेको छ । म झन् आतुर भए । मेरो क्यानभास भित्र सजिएको ऐना र रामलाल जोशीवीच आमनेसामने म वार्तालाप गर्न कहिले पाउला करिब यस्तै  यस्तै …………छालहरु उर्लिन थाले ।

रामलाल जोशी

समय दौडिरहेको थियो । म भने ल्यापटपको नजिकै उभिएको छु । यसो हातमा बाँधिएको घडीलाई हेरें अरे यार रातिको तीनपो बजिसकेछ । अनलाइनमा उभिएका साथीहरू बिस्तारै कम हुँदै थिए मैले पोखरामा भएको साहित्य महोत्सव अन्तर्गतको एउटा भाग रामलाल जोशी ज्युको अन्तरर्वार्ता हेरें बिषयबस्तु र कुराहरु ओजस्वी नै थिए । एउटा कुराले म आफैँलाई भाबुक बनायो “ अरु सबै कथा कागजमा उतार्न सकिएला तर आमाको कथा हृदयबाट कागजमा उतार्न सकिन्न “ रामलाल ज्युले यो भनिरहँदा मेरो व्यक्तिगत जीवनको भोगाइ पनि हो भन्दा सायद मैले अनुमान लगाएँ रामलाल जोशी ज्यु सानैदेखि टुहुरोको म जस्तै शिकार हुनु भएको रहेछ । उहाँको जीवन को संघर्षरत पाटाहरु मेरो जस्तै लाग्न थाले झन म नजिक हुन पुगे । मैले आफ्नै मन भित्र का उद्देलित छालहरु लाई थाम्न सकिन रामलाल जोशी ज्यु लाई खबर गरिहाले “ सर हजुर को जीवन पनि मेरो जस्तै लाग्यो यो हेरेर केही खबर छोडिदिनु होला म एक संघर्षशील असल जीवनबाट केही सिक्ने प्रयास गर्दै छु यस्तै यस्तै …..“ तर अघिल्लो दिन को कुराहरु भन्दा आज अलि फरक भएर होला रामलाल जोशी ज्युको कुनै प्रतिक्रिया आएन ।

अनिन्द्रामै धेरै कल्पनाहरु बुन्दै थिए । रामलाल जोशी ज्युको जीवनका अरु संघर्षरत यात्रामा उनियका कथा का बारेमा जान्ने इच्छा लाग्यो रात बिस्तारै मेटिदै थियो । तर मेरो यो इच्छा केबल सपना जस्तै थियो । किन कि म , ऐना, रामलाल जोशी र मेरो देश बाट धेरै टाढा छु । चाहेर पनि अहिले त्यो भेटाउन सक्ने अबस्थामा छैन । तर त्यो भेट हुने समय को पर्खाइमा भने पक्कै छु ।

हामी भेटिएका छैनौ न त देखिएका नै छौ । तर पर्दा भित्र र बाहिर जस्तै गरी नजिक भने अबस्य छौ । र परिचीत भएका छौ । जस्तो लाग्छ । किन कि ! रामलाल जोशी सँग मैले थोरै भए पनि साहित्यका बारेमा भलाकुसारी गर्ने मौका पाएको छु । उहाँको स्मरणमा त्यो दिन ख्याल छ छैन ! मलाई थाहा छैन तर त्यो दिन गहिरो गरि नजिकिएका थियौ । त्यस्तै अरु मित्रहरू पनि छन् । जो मेरो अगाडि नदेखिएका तर सधैं मलाई प्रेरणादायी भूमिका निर्वाह गर्ने मेरो अत्यन्तै नजिकका मित्रहरू साहित्यकार तथा पत्रकार यज्ञराज जोशी , भौतिक मल्ल ( जंगली ) पत्रकार मित्र यज्ञराज जोशीले त झन बेला–बेलामा रामलाल जोशी ज्युको बारेमा कुरा गरिरहेको हुनाले म रामलाल ज्युबाट अपरिचित जस्तो लाग्दै लागेको छैन । यज्ञराजजी र भौतिक जी एक असल स्वाभावका निस्वार्थी र रामलाल ज्यु जत्तिकै सम्मानित व्यक्तिको रूपमा सजिएका छन् । जसको प्रेरणादायी भूमिकाको म ऋृणि छु ।

कथाहरु दुरदराजका छन् रे ! मैले पढ्न पाएको छैन तर त्यो भित्रका केही महत्त्वपूर्ण कुराहरू सुन्न पाएको छु । म उसै पनि सेती महाकालीसँग जोडिएको व्यक्ति हुँ प्रत्येक जिल्लाको प्रत्येक घर आगनमा पुगेको छु । त्यहाँको पीडासँगै म हुर्किएको छु । तर आज समय बदलियो ती घर आगनका ओटालीहरु नगए जस्तै भएका छन् । परिचित ती जुनिचौताराहरु आज थकाइ नमेटाए जस्तै भएका छन् । तर ऐनाले देखाएका ती पीडाहरु जस्ताका त्यस्तै सगलरुपमा बोकेर बाँचिरहेको त्यो सुदुरपश्चिम आज फेरि ऐनाले देखाउँदा पनि हाम्रा भनिनेहरु हेर्नबाट टाढिरहेका छन् । यो हाम्रो पीडादायी जीवनका सगल सपनाहरू हुन् ।

कथाहरु दुरदराजका छन् रे ! मैले पढ्न पाएको छैन तर त्यो भित्रका केही महत्त्वपूर्ण कुराहरू सुन्न पाएको छु ।

मैले अलि पछि बुझे हामी राजनीति बिचार र सिद्धान्तको हिसाबले धेरै टाढा रहेछौ अलि फरक जस्तै रहेछौ । तर भावना र संघर्षरत यात्राका हिसाबले हामी नजिकै छौ । रामलाल जोशीले राजनीति बिचारलाई साहित्यिक भावनात्मक बिचारसँगै जोडेर हेर्ने गरेको पाएको छैन । यसो भन्दै गर्दा एक जना मेरो बामपन्थी बिचारधाराका चर्चित साहित्यकारसँग मदन पुरुस्कार जितेको दिन मैले मेरो खुसी साटेको थिएँ । यो पटक को मदन पुरस्कार हामी सुदूर पश्चिमवासीको ! मेरो यो कुरा पूरा खस्न नपाउँदै ती नाम चलेका साहित्यकारले“ अँ थाहा पाएँ ऐना र रामलाल जोशी हो नि भने “ मैले हो त्यो हाम्रो गरौव हो के भन्न पाएको थिएँ ! उनको जवाफ साँघुरो घेराबाट आयो । ए… उनी त कांग्रेसी हुन त मैले केही बोलिन बोल्न पनि चाहिन मलाई यतिसम्म थाहा छ । र गर्व गरेको छु । रामलाल जोशी सुदुरमा जन्मिएर सुदुरमै लेखनयात्रा थालनी गरेका एक संघर्षशील व्यक्तित्व हुन उनी सुदुरका छोरा हुन् मलाई यसैमा गर्व छ । उनी भलै कांग्रेस हुन् या कम्युनिष्ट मैले त्यो सरोकार राखिन । मलाई यसैमा गर्व लाग्यो हामीले एक जना विशाल साहित्यकार को जन्म दियांै । र मैले मदन पुरुस्कार हाम्रो भागमा पार्न सफल भयौ । यसै मा मैले खुसी साटे ।

रामलाल जोशीले कुनै सुखसयल जीवनको अनुभवको आधारमा आफ्नो कथाहरुमा प्रस्तुत भएका छैनन् । उनी जे थिए , जस्तो पीडा भोगेका थिए । त्यही पीडालाई जस्ताको त्यस्तै बाहिर उतारेर सबैको मन जित्न सफल एक स्रष्टाको रूपमा आफ्नो व्यक्तित्व स्थापित गराइसकेका सुदूरको हस्ती मानेको मैले उनको बारेमा लेख्ने हैसियत त्यति म राख्दैन तर पनि भावनालाई थाम्न नसकेर जबर्जस्ती औंलाको साहारामा कलमलाई घिसारीरहेको छु । एक पटक रामलाल जोशी ज्युसँग क्षमा माग्छु ।

हिलोले लत्पतिएको बाटोलाई सबै मान्छेले हेर्न मानिरहेका हुँदैनन् । यात्रा गर्दा जहिले पनि मान्छेहरु ओभानो यात्रा गर्न रुचाउँछन् ।

रामलाल जोशीसँगका अपेक्षाहरु धेरै छन् । ती म भेटाउन सक्छु या सक्दिन त्यो त मेरो भविष्यमा भर पर्ला तर रामलाल जोशीको मन जित्न सक्छु या सक्दिन त्यो त मेरो व्यक्तित्वमा भर पर्ला तर आशा का मसिना झालहरु झन् ( झन् मेरो क्यानभासमा बाक्लिएर फिजिरहेका छन् । मैले गरेको आग्रहलाई रामलाल जोशी ज्युले स्वीकार नगर्नुमा मलाई कुनै दुख लागेको छैन । झन् म आफू एक असफल यात्री भएर सफल यात्रीको जीवनको बारेमा खोजी गर्न एकहोरो लागिरहेकै छु । मेरो इच्छा यति मात्रै थियो र छ । अरुहरु धेरै जन्मिएलान तर त्यो जीवन यात्राबाट अगाडि आउने र त्यो संघर्षरत बाटो उछिन्ने रामलाल जोशी एक मात्रै छन् र भोलि हुनेछन् । त्यसैले रामलाल जोशी हामीले अहिले एक मात्रै पाएका छौ र भोलि पाउने छैनौ यद्यपि उनका अजम्बरी रचना हामीसँगै हुने छन् यो मेरो बिश्वाससहितको ठोकुवा हो ।
अपरिचित बारे पनि एक पटक कवि इच्छुकले कवि अन्जान बिरहीको बारेमा लामो सुझाव लेखेको भेटेको छु । त्यस्तै मैले एक सामान्य साहित्यप्रति रुचि भएको हैसियतले रामलाल जोशीको जीवन पढेर आफ्नो जीवन जित्न खोज्ने मेरो दुश्सासहसीपनलाई सायद रामलाल जोशीले कठिन मानिरहेनु भएकै होला । त्यही पनि जबर्जस्त म आफू तन्किएको छु । मैले मात्रै होइन रामलाल जोशीलाई पढ्ने चाहने सायद अरुलाई पनि यस्तै यस्तै लागेको होला । मैले छिटो भनिदिए यतिमा फरक होला । मेरो मनले थन्काउन खोज्नै मानेन आखिर यस्तै हो यो मानवीय स्वभाव को चोला !

हिलोले लत्पतिएको बाटोलाई सबै मान्छेले हेर्न मानिरहेका हुँदैनन् । यात्रा गर्दा जहिले पनि मान्छेहरु ओभानो यात्रा गर्न रुचाउँछन् । तर त्यही हिलोमा लत्पतियर त्यही हिलोले सुन्दर बनाएका रामलाल जोशी आज सफलयात्रीको रूपमा परिचित भएका छन् । अझ यति मात्रै पनि हाम्रो तिर्खा मेटिने वाला छैन जबसम्म रामलाल जोशी सँगै रहन्छन् तबसम्म उनको नयाँ सिर्जना र नयाँ बिचारको अभाव भैरहन्छ । त्यसैले आशा मा अल्झिएको यो बिबश को मन जस्तै हजारौं मनलाइ सन्तुष्ट दिन अझै सफल होस् । डरै डर र त्रास को वीचबाट मैले शब्द माला उनिरहदा मेरो मन मा अनेक सोचहरु निस्किए तर सबै भन्न सकिन त्यसैले रामलाल जोशी एक सुदुर को चिनारी मात्रै होइन काठमाडौलाई सुदुरमा हेर्न बाध्य पार्ने एक अगुवा हो । हामी सबैले रामलाल जोशी पढेर आफू सिकौ र अरुलाइ सिकाउँ । रामलाल जोशी ज्युको आउने यात्रा सफलता को शुभकामना ।

0 Comments