काठमाडौं । पश्चिमी वायुको असरका कारण आज देशभर मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
केही स्थानमा हावाहुरी, मेघ गर्जन ,चट्याङ र असिनासहित पानी पर्ने संभावना रहेको विभूति पोखरेलले जानकारी दिइन्।
सुदुरपश्चिमका केहि स्थानमा विहानैदेखि मौसम बदली भई केही स्थानमा पानी समेत पर्न सुरु भएको छ। यस्तै, पश्चिम एवम् मध्य भूभागका केही स्थानमा पनि पानी गर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
आज मध्य र पश्चिम तराईका एक÷दुई स्थानमा दिउँसोपख मेघगर्जन सहित पानी पर्नेछ। हिमाली भेगका केही क्षेत्रमा हल्का हिमपात पनि हुने मौसमविद् पोखरेलले जानकारी दिइन्।
उनका अनुसा काठमाडौं उपत्यकामा पनि आज साँझ पानी पर्ने सम्भावना उच्च छ। काठमाडौं उपत्यकामा आज विहान न्युनतम ८ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।
दिउँसो तापक्रम बढेर २० देखि २२ डिग्री सेल्यियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।







