काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर विष्फोट गराएको घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले केहीवेरअघि जडिबुटीबाट विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङ लाई बताइएको छ ।
बुधबार बिहान ७ः५० बजे लोकन्थलीस्थित बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर रिमोट कन्ट्रोल प्रेसर कुकर बम विष्फोट भएको थियो ।
विष्फोटक पदार्थ कति शक्तिशाली थियो भन्ने विषयमा नेपाली सेनाको पोष्ट ब्लास्ट इन्भेस्टिगेसन (पीबीआई) टोलीले अनुसन्धान गरिरहेको छ ।