२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बम विस्फोट घटनामा एक पक्राउ, चार घरमा क्षति

अ+ अ-

भक्तपुर । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको निजी निवास मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेकोे घरमा आज बिहान गराइएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ घर भई हाल लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्दै आएका ५८ वर्षीय देव भन्ने देवीबहादुर गुरुङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

पक्राउ परेका गुरुङ प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सदस्य रहेको उनले जानकारी दिए । प्रहरीले गुरुङलाई सुकुम्वासी बस्तीबाट पक्राउ गरेको हो । प्रहरीले प्रेसर कुकर, तार, चन्दा रसिद, पर्चा र पम्प्लेट बरामद गरेको छ ।

घटनामा पूर्वमन्त्री बाँस्कोटाकोसहित अन्य तीन घरमा क्षति पुगेको जानकारी दिँदै प्रहरी उपरीक्षक प्रधानले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खालभित्र प्रेसर कुकर बम राखिएको र रिमोट कन्ट्रोलबाट बम विस्फोट गराएको प्रारम्भिक अनुसन्धामा पाइएको छ । प्रहरी उपरीक्षक प्रधानले भने, ‘अनुसन्धानका क्रममा घरको पर्खालभित्र प्रेसरकुकर बम राखेर रिमोट कन्ट्रोलमार्फत विस्फोट गराइएको देखिएको छ, थप अनुसन्धान गरिरहेका छौँ ।’

बाँस्कोटा निवासमा आक्रमण हुनसक्ने सुराकी प्रहरीमा पहिला नै आइसकेकाले त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाएर २४ सै घण्टा प्रहरी तैनाथ गरिएको भए पनि आज बिहान प्रहरी घरकै पछाडि रहेका बेलामा अगाडिबाट बम छाडेर विस्फोट गराएको पाइएको उनको भनाइ छ ।

प्रहरी उपरीक्षक प्रधानले विस्फोटको घटनाले प्रहरी अझै चनाखो भएको र सुरक्षालाई अझै सुदृढ गरिने जानकारी दिए । बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटा, स्थानीय कपिल घिमिरे, कुबेर केसी र निरसिंह खत्रीको घरमा समेत क्षति पुगेको छ । उनीहरुको घरको सिसा फुटेको, घरको झ्याल, खापामा क्षति पुगेको छ भने घरको प्लास्टर चर्किएको छ । टिभीसमेत फुटेको छ । विस्फोटले घर अगाडि पार्किङ गरेर राखिएको बा १९ च ४७८१ नम्बरको एउटा डेलिभरी भ्यान क्षतिग्रस्त भएको छ ।

घर क्षति भएका घिमिरेले विस्फोट हुँदा भूकम्प आएजस्तै कम्पन भएको र ठूलो आवाज आएको बताए । सिसा फुटेको र घर चर्किएको उनले बताए । बिस्फोटका समयमा बाँस्कोटा उक्त घरमा थिएनन् । उनी सञ्चारमन्त्री भएदेखि बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन् ।