७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखापाललाई हातखुट्टा भाँच्ने धम्की !

अ+ अ-

काठमाडौँ । जिल्लास्थित एक स्थानीय नेताले सोही जिल्लामा कार्यरत लेखापाललाई हात खुट्टा भाँच्ने धम्की दिएका छन् ।

बाजुरा जिल्लास्थित नेकपा जिल्ला कमिटी सदस्य तथा बाजुरा अस्पतालका अध्यक्ष भरत थापाले कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल प्रकाश भट्टलाई टेलिफोनमार्फत धम्की दिएका हुन् ।

भट्टलाई टेलिफोन मार्फत धम्की दिएको टेलिफोन अडियो सामाजिक सञ्जालमार्फत बाहिरिएसँगै कर्मचारी वृत्तमा उनको चर्को आलोचना भइरहेको छ । उनले लेखापाल भट्टलाई ‘तपाई कहाँ हुनुहुन्छ ? भेटेर दुई चड्कन हान्नु पर्नेछ हात गोडा भाँच्नु पर्नेछ’ भनेका छन् ।

बाजुरा जिल्लामा आफ्नो पार्टीले जे भन्यो त्यही हुने भन्दै अफिसियल्ली गोप्यकुराहरु बाहिर ल्याएको भनेर फोनमार्फत धम्काएका छन् ।

यो विवादको चुरो भने निमित्त प्रमुख प्रशासकीय अधिकृत कसलाई बनाउने भन्नेबाट सुरु भएको हो ।

बुढीगंगा नगरपालिकामा विगत लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको छ । प्रमुख प्रशासकीय अधिकृत नभएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चैत्र १० गतेको निर्णय अनुशार तत्कालीन जिविसबाट समायोजन भएका ज्येष्ठ कर्मचारी अधिकृत स्तर सातौँका तिलकबहादुर थापालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकी पठाएको थियो ।

जिल्लास्थित एक नेताको दबाबमा पुनः छैटौँ तहका अधिकृत स्तरका नरेन्द्र नाथ(जो नगरपालिकामा पाँचौँ बरीयतामा छन्)लाई प्रमुख प्रशासकीय अधिकृत बनाउनु पर्ने भन्दै सामान्य प्रशासन मन्त्रालयबाट पत्र बनाउन लगाएका थिए । १९ गते पुनः छैटौँका नरेन्द्र नाथलाई सामान्य प्रशासनले नै ‘नगरपालिकाको माग बमोजिम ज्येष्ठ भएमा मात्र प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने’ ब्यहोराको पत्र पठाएको थियो । सोही पत्रको ब्यहोरा उल्लेख गर्दै कार्यवाहक नगर प्रमुख तारा खाती थापाले अधिकृत सातौँ तहको कर्मचारी हुँदाहुँदै छैटौँ तहको कर्मचारी ज्येष्ठ नहुने भन्दै तिलक बहादुर थापा नै प्रमुख प्रशासकीय अधिकृत रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयलाई लेखी पठाएकी थिइन् ।

तर आफूभन्दा माथि चार जना ज्येष्ठ कर्मचारीलाई उछिन्दै आफू निमित्त हुन पाउनु पर्ने माग राखेका नाथले उपमेयरले नै नमानेपछि एक जना निकटस्थ वडाध्यक्षको माइन्योट गराई आफ्नो नाममा खाता सञ्चालन गरी पाउँ भन्दै कोष तथा लेखा नियन्त्रण कार्यालयमा निवेदन दिएका थिए ।

तर त्यस अधि नै उपाध्यक्षले सामान्य प्रशासन मन्त्रालयको पत्रको ब्यहोरासहितको पत्र पठाइसकेकोले कोष तथा लेखा नियन्त्रण कार्यालयले नाथको नाममा खाता सञ्चालन गर्न मानेन । जुन कुरा तिनै लेखापाल भट्टले बाहिर ल्याएको भन्दै जिल्लास्थित ती नेताले धम्की दिएका हुन् ।

सोही लफडाले अहिले नगरपालिकाको कामकाज नै ठप्प जस्तै बनेको छ ।निमित्तका लागि देखिएको लुछाचुँडीको समाधान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाउनु नै रहेकोले सो तर्फ मन्त्रालयले ध्यान दिन जरुरी छ ।

यति बेला स्थानीयको प्रमुख प्रशासकीय अधिकृत को हुने भन्ने विषयमा लुछाचुँडी नै हुने गरेको छ । त्यसका लागि वडाध्यक्षदेखि केन्द्रियस्तरकै नेता, सांसद तथा मन्त्रीहरू लबिङमा लागेका देखिन्छन् । निहित इष्ट्रष्टमा गरिने सरुवाले चलखेलका लागि हो भन्ने कुरा भनिरहन पर्दैन । यसर्थ कानुनले तोकिएअनुसार नै मन्त्रालयले खटन पटन गर्ने हो भने यो हदसम्मको चलखेल रोकिनेछ ।

प्रतिक्रिया दिनुहोस