१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एम्बुलेन्समार्फत लागुऔषध ओसारपसार गर्ने पक्राउ

अ+ अ-

भरतपुर । चितवनमा एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका तीन जनालाई शुक्रबार सार्वजनिक गरिएको हो ।

नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरुको साथबाट नाइट्राजेपाम १८७ ट्याबलेट, स्पास्मो प्रोक्सिभन ९४ क्याप्सुल, कोरेक्स एक लिटर र ट्रमाडोल ४० ट्याबलेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

एम्बुलेन्समार्फत लागुऔषध ओसारपसारमा संलग्न विनोद रानामगर, प्रवीण घर्तीको बयानको आधारमा उक्त लागुऔषधको माग गर्ने अञ्जन तिमिल्सिनालाई समेत पक्राउ गरिएको उनले बताए। निज विनोद रानामगर र प्रवीन घर्तीले चैत २४ गते नक्कली बिरामी बनेर एम्बुलेन्स चालकलाई फोन गरी बोलाएका थिए । बिरामी लिई बर्दघाट जाने र बर्दघाटबाटसमेत बिरामी ल्याउने भनी एम्बुलेन्सलाई भरतपुर आँखा अस्पताल अगाडि बोलाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विनोद रानामगर बिरामी भएको बहानामा बर्दघाट गएको, बर्दघाट पुगेपछि चालक एम्बुलेन्समा नै बसेको र अन्य दुई जना झरी गएकामा केही समयमा आई यहाँबाट बिरामी लैजान नपर्ने भयो, हामीहरु फर्कौं भनेपछि एम्बुलेन्स फर्कने क्रममा पक्राउ परेको हो । पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।

यस्तै भरतपुर महानगरपालिका–२४ जगतपुरबाट तीन जनालाई लागुऔषधसहित प्रहरीेले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भरतपुर–२५ शुक्रनगरका ४५ वर्षीय धनमाया भनिने सानुमाया मगर, भरतपुर–२४ जगतपुरका १९ वर्षीय प्रदीप विक, सोही ठाउँका ५७ वर्षीय पदमबहादुर तामाङ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध चार किलो ९३६ ग्राम र कारोवारमा प्रयोग गरिएको प्रदेश २–०३–००५प६६८१ नंको मोटरसाइकल पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय दिव्यनगरबाट खटाइएको प्रहरी गस्ती टोलीले चैत २० गते ३ बजेको समयमा मोटरसाइकल जाँचका क्रममा एक किलो १५ ग्राम गाँजा फेला पारेको हो । पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस