२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६० दिनका लागि अमेरिकी ग्रिनकार्ड बन्द गर्ने ट्रम्पको घोषणा

अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनका लागि ग्रिनकार्ड बन्द गर्ने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका हुन् ।

नियमित प्रेस ब्रिफिङमा ट्रम्पले भनेका छन्, ‘यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुमाथि लागू हुन्छ र अस्थायी रुपमा काम गर्न अमेरिका आउनेहरुका लागि लागू हुँदैन ।

तर राष्ट्रपति ट्रम्पले नयाँ आप्रवासीहरुमाथि ६० दिनपछि प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने कुरा अमेरिकी अर्थ व्यवस्थामा निर्भर गर्ने बताएका छन् ।

‘यदि आवश्यक परेमा यसलाई ३० दिनका लागि या त्योभन्दा पनि धेरै समयसम्म बढाउन पनि सकिन्छ ’ उनले भने ।

उनले पहिलो प्राथमिकता अमेरिकीहरुको रोजगारी रक्षा गर्नुपर्ने भएकाले आप्रवासीहरुलाई रोक लगाउन आवश्यक रहेको बताए । उनले भने, ‘अमेरिकामा विदेशीहरुलाई बस्न रोक लगाउनका लागि कार्यकारी आदेश जारी हुँदैछ । भोलिसम्ममा तयार भएर हस्ताक्षरका लागि आउने छ । यो आदेश कठोर हुने छ ।’

उनले पहिलो प्राथमिकता अमेरिकीलाई नै दिनु नैतिक कर्तव्य हुने बताए । कोरोना भाइरसका कारण अहिले लाखौं अमेरिकीको रोजगारी गुमेको हुँदा उनीहरुको रोजगार सुनिश्चित गर्ने सरकारको नैतिक कर्तव्य भएको बताए ।

उनले अमेरिकीले जागिर गुमाउने र त्यो स्थानमा आप्रवासीलाई जागिर दिने कुरा गलत र अन्यायपूर्ण हुने बताए । उनले भने, हामी हाम्रा अमेरिकी जनतालाई बचाउन चाहान्छौं र हामी उनीहरुप्रति रक्षात्मक बन्दै जानेछौं ।’

यसअघि ट्रम्पले ट्वीटमा आप्रवासीहरुलाई अमेरिका आउन रोक लगाउने जानकारी दिएका थिए ।