६ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफ्रिकामा फैलिँदै इबोला भाइरस

अ अ+ अ-

लागोस । नाइजेरियामा इबोला भाइरसको संक्रमण पुष्टि भएपछि अफ्रिकाले थप जटिल प्रकोपको सामना गर्नुपरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले चेतावनी दिएका छन् । 

बिहीबार आयोजित अनलाइन सञ्चारमाध्यम ब्रिफिङमा उनले पूर्वी अफ्रिकाबाट नाइजेरियामा भाइरस प्रवेश गरेको पुष्टि गर्दै यसलाई महादेशको पश्चिमी क्षेत्रमा देखिएको पहिलो घटना भएको बताए। 

नाइजेरियाले मङ्गलबार बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसबाट एक महिलामा संक्रमण पुष्टि भएको जनाएको थियो । ती महिला कूटनीतिज्ञ रहेको र हालै युगान्डाको भ्रमण गरेर फर्किएका थिए । यही प्रजातिको भाइरसका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा पनि ठूलो प्रकोप फैलिएको छ ।

अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरिया यस प्रकोपबाट प्रभावित हुने चौथो अफ्रिकी मुलुक बनेको छ । पूर्वी अफ्रिकाको केन्यामा पनि अक्टोबर ६ यता नौ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

पछिल्लो घटनाले सन् २०१४ मा पश्चिम अफ्रिकामा फैलिएको विनाशकारी इबोला प्रकोपको स्मरण गराएको छ । सन् २०१३ को अन्त्यदेखि २०१६ सम्म फैलिएको उक्त प्रकोपमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

यद्यपि, सन् २०१४ मा इबोला प्रकोप सफलतापूर्वक नियन्त्रणमा लिएको अनुभवका कारण नाइजेरियाले यसपटक पनि प्रभावकारी रूपमा प्रतिकार्य गर्न सक्ने अपेक्षा गरिएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार डीआर कङ्गोमा फैलिएको पछिल्लो इबोला प्रकोप देशकै इतिहासमा सबैभन्दा घातक बनेको छ । मे महिनाको मध्यदेखि त्यहाँ नौ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने चार हजार ३८१ जनाको मृत्यु भइसकेको छ ।

इबोला भाइरसबाट हुने रोग गम्भीर र कहिलेकाहीँ घातक हुन सक्छ । पछिल्लो संक्रमण विभिन्न देशमा फैलिन थालेपछि स्वास्थ्य अधिकारीहरूलाई यसको थप विस्तार रोक्न चुनौती थपिएको छ ।  

0 Comments