२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच दिनमा ४५ सयभन्दा बढी नागरिकको उद्धार

अ+ अ-

सोलुखुम्बु । कोभिड–१९को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँका चार हजार ५०० भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ । विभिन्न निकायसँगको विशेष समन्वयमा उनीहरुलाई उद्धार गरिएको सांसद हेमकुमार राई (शुरवीर्र)ले जानकारी दिए ।

थुलुङदूधकोशी गाउँपालिकाले सबैभन्दा धेरै एक हजार १९८ जना र सबैभन्दा कम सोताङ गाउँपालिकाले २९९ जनाको उद्धार गरेको छ । थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष असीम राई आफैँ काठमाडौँ पुगेर पालिकाभित्रका नागरिकलाई गाउँसम्म ल्याएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए ।

यस्तै सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पा र उपमेयर कल्पना राईसमेत काठमाडौँमा पुगेर ७९९ जनाको उद्धार गरेको नगरप्रवक्ता सारदामाया तामाङले जानकारी दिए ।

यस्तै जिल्लाको नेचासल्यानले ५९६ जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष डुफकुमार बाँस्तोलाले जानकारी दिए । गाउँपालिका अध्यक्ष आफैँ काठमाडौँमा गई उनीहरुको उद्धार गरेर ल्याएको गाउँपालिकाले जनाएको छ ।

माप्यदूधकोशी गाउँपालिकाले ५७० जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए । काठमाडौँमा गठन गरेको सम्पर्क समितिमार्फत विवरण सङ्कलन गरी उनीहरुलाई उद्धार गरिएको उनकोे भनाइ छ ।

जिल्लाको कोशीपारिको गाउँपालिका महाकुलुङले ४७६ जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष सागर किराँतीले जानकारी दिए । यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ३२० जना र लिखु पिके गाउँपालिकाले करिब ३०० जनाको उद्धार गरेको सम्बन्धित गाउँपालिकाले जनाएका छन् ।

वैशाख १२ गतेदेखि जिल्लाका विभिन्न स्थानीय तहले उद्धार कार्य शुरु गरेका थिए । अहिले पहिलो चरणको उद्धार कार्य सकिएको सांसद राई (शुरवीर)को भनाइ छ । विषम परिस्थितिको सामना गर्नु सबैको कर्तव्य भएको भन्दै उनले १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।