२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्वारेन्टाइनमा बस्न नपाउँदै नदीमा बेपत्ता

अ+ अ-

मुगु । क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । मुगु जिल्ला खत्याड गाउँपालिका–१ बमकाँडा गाउँ घर भएका अन्दाजी ३५ वर्षीय गिर्मे भनिने प्रेम विक आइतबार नजिकै रहेको कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ ।

कामको सिलसिलामा भारत गएका उनीसहित ४८ जनाको टोली दार्चुला नाका हुँदै नेपाल आएको थियो । शनिबार बाजुरा जिल्लाबाट मुगु जिल्ला जोड्ने प्रवेश नाका झुगला पुगेपछि क्वारेन्टाइनका कर्मचारीले उनीसँगै आएका जुम्लाका १८ जनालाई जुम्लातर्फ र मुगुका ३० मध्ये सोरु गाउँपालिकाका १७ जनालाई सोरुतर्फ पठाएको थिए । बाँकी रहेका खत्याड गाउँपालिकाका १३ झुगलामै रहेको खत्याड गाउँपालिकाको क्वारेन्टाइनमा बसाउन खोज्दा त्यहाँ बस्न नमानेपछि आइतबार पालिकाका अन्य क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने सल्लाहअनुसार उनीहरु त्यहाँ रहेको पालमा बसेका थिए ।

“आइतबार बिहान ११ बजे पालमा बसेकामध्ये विकका दाजुसहित तीन जना नुहाउन गएका थिए, विक नदीमा बेपत्ता भएपछि उनका दाजु र अर्का व्यक्ति दौडँदै कर्णाली नदीमा बेपत्ता भएको खबर गराएका थिए”, गाउँपालिकाका अध्यक्ष उब्जनबहादुर शाहीलाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद निरौलाले भने ।

कर्णाली नदीको छेउमा विकका कपडा भेटिएको र नुहाउँदा दाजुसमेत सँगै भएकाले विक नदीमा बेपत्ता भएकै हुनसक्ने अनुमान गरिएको छ । विकलाई खोज्न नदी किनारमा बाजुरा, कालीकोट र मुगुका प्रहरी खटिएका छन् । नुहाउँदा बेपत्ता भए वा आइतबारदेखि क्वारेन्टाइनमा बस्नुपर्छ भनेर लुगा छोडी कतै भागे भन्ने बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।

बाँकी १२ जनालाई अहिले झुगलामा रहेको खत्याड गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ । नेपालतर्फका नाका केही खुकुलो भएकाले भारतमा रहेका मुगाली ठूलो सङ्ख्यामा आउन सक्ने भएकाले अब केही जोखिम हुनसक्ने स्थानीय प्रशासनले अनुमान गरेको छ ।