२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महसुल उठाउन प्राधिकरणले ल्यायो आचारसंहिता

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ग्राहकको मिटर रिडिङका लागि जाने कर्मचारीका लागि आचारसंहिता तयार पारेको छ ।

प्राधिकरणको मिटर रिडिङ एवं आय सङ्कलनसम्बन्धी कार्य प्रभावित हुँदा ठूलोमात्रामा राजश्व गुमाउनु परेकाले आचारसंहिता नै तयार पारेको हो । लकडाउन केहीमात्रामा खुकुलो हुँदै गएको उल्लेख गर्दै प्राधिकरणले ग्राहकको सुविधाका लागि पनि मिटर रिडिङलगायत आय सङ्कलनको काम सञ्चालन गर्न लागेको जनाएको छ ।

प्राधिरकणले तयार पारेको आचारसंहितामा मिटर रिडरले मास्क र पञ्जा अनिवार्यरुपले लगाउने र आधा घण्टाको अन्तरालामा स्यानीटाइजर प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । मिटर रिडिङ गर्दा अन्य व्यक्तिको सम्पर्कमा नआउने र आउनै परेको अवस्थामा न्यूनतम एक मिटरको दूरी कायम गर्नुपर्ने र आफ्नो शरीरको नियमित तपक्रम मापन गर्नुपर्ने व्यवस्था गरेको छ ।

ज्वरो, खोकी लागेका मिटर रिडरले मिटर रिडिङ नगर्ने र तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, राज्यले कोरोना सङ्क्रमति टोल वा क्षेत्र भनी ताकेको ठाँउमा मिटर रिडिङ नगर्ने, त्यस्तो क्षेत्रको ग्राहकको औसत खपतको आधारमा रिडिङ अङ्क समावेश गरी बिल पठाउने व्यवस्था गर्न प्राधिकरणले भनेको छ ।

लकडाउनका कारण विद्युत् खपतसमेत घटेको र प्राधिकरणको राजश्व सङ्कलनमा समेत ठूलो मार परेको छ । मासिक रु छ अर्ब बराबरको महसुल उठाउँदै आएको भए पनि लकडाउनका कारण मासिक रु ६० लाखको हाराहारीमा मात्रै महसुल उठिरहेको छ । कोरोनाको सङ्क्रमण फैलने डरले प्राधिकरणले महसुल सङ्कलन काउण्टर खोलेको छैन । विद्युतीय प्रणालीबाट भुक्तानी हुने महसुलको मात्रा कम भएकाले महसुल सङ्कलन काउण्टर नै खोल्नुपर्ने बाध्यता रहेको छ ।

मासिक ठूलोमात्रामा महसुल सङ्कलन हुँदा मात्रै प्राधिकरणको समग्र आर्थिक अवस्था सहज रहने गरेको थियो । गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण अत्यावश्यक सेवामा रहेका कर्मचारीबाहेक अन्य कर्मचारी भने कार्यालयमा उपस्थित छैनन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महसुल सङ्कलनमा देखिएको अप्ठ्यारोका कारण संस्थाको आर्थिक अवस्थामा सङ्कट देखिने अवस्था पैदा भएको जानकारी दिए।

कार्यकारी निर्देशक घिसिङले लकडाउनको अवस्था अझै कायम रहेको खण्डमा प्राधिकरणमा ठूलो आर्थिक नोक्सानी भोग्नुपर्ने बताए । महसुल सङ्कलनमा समस्या भएकाले प्राधिकरणले विद्युतीय भुक्तानी प्रणालीमार्फत महसुल तिर्न आग्रह गरे पनि प्रविधिको पहुँच र प्रविधिमा जानकार नहुँदा ग्राहकलाई समेत समस्या परेको छ । प्राधिकरणका ३८ लाख घरायसी ग्राहक छन् । त्यस्तै झण्डै दुई लाख मध्यम तथा ठूला व्यावसायिक ग्राहक छन् । घरायसी ग्राहकले १५० युनिटसम्म विद्युत् प्रयोगमा चैत र वैशाख महिनाभरको महसुलमा २५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।

यस्तै महसुल सङ्कलन काउण्टरमा बस्ने कर्मचारीले मास्क, पञ्जा र चस्मा वा प्लास्टिकको हेल्मेट अनिवार्यरुपमा प्रयोग गर्ने र स्यानीटाइजर हरेक आधा घण्टामा प्रयोग गर्ने व्यवस्था गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । काउण्टरमा बस्ने सबैको हरेक दिनको तापक्रम मापन गर्ने, काउण्टर क्षेत्रमा हरेक दिन स्यानीटाइज गर्ने, ग्राहकलाई एकआपसमा कम्तीमा एक मिटरको दूरी कायम गरी लाइन बस्न लगाउने, हरेक ग्राहकलाई काउन्टरभित्र छिर्दा प्रवेशद्वारमा हात धोइ स्यानिटाइजर लगाउने व्यवस्था गर्ने, थर्मल गन प्रयोग गरी शरिरको तापक्रम मापन गर्ने र साबुन पानीले हात धुने तथा व्यक्तिगत सुरक्षा उपकरण अनिवार्यरुपमा लगाएर कर्मचारी बस्ने व्यवस्था मिलाइने भएको छ ।

ग्राहकले महसुल बुझाइसकेपछि जाने बेलामा पनि स्यानिटाइजर लगाएर पठाउने व्यवस्था गरिएको छ । सङ्कलन भएको नोट वा सिक्कालाई स्यानिटाइज गरी विशेष सावधानीपूर्वक राख्ने, सङ्कलन भएको महसुल सोही दिन बैंकमा जम्मा गर्ने, मास्क लगाएको ग्राहकलाई मात्र कम्पाउण्डमा छिर्न दिने व्यवस्था गर्नसमेत प्राधिकरणको आचारसंहितामा उल्लेख छ ।

यस्तै आयोजनाको काम र अन्य पूँजीगत कार्य सञ्चालनका लागि पनि नयाँ व्यवस्था गरिएको छ । जटिल प्राविधिक कार्य र सुपरिवेक्षणका कार्यबाहेक अन्य सबै काममा सकभर स्थानीय कामदार प्रयोग गर्ने, काममा खटिने व्यक्तिले मास्क र पञ्जाको अनिवार्य प्रयोग गर्ने र स्यानिटाइजरको आवश्यकताअनुसार व्यवस्था गर्न भनिएको छ । रासस