२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आमाको चीत्कार

अ+ अ-

ऊ दास थियो
उसको मालिकले मैले प्रतिकार गर्दागर्दै
झम्टेर मेरो शरीरको
एक तिहाइ मासु लुछेर लग्यो
किन्तु
घाइते र उदास म
दास भइन
तर
ऊ दास नै रहिरह्यो
ऊ उसको मालिकको बुटमुनि बस्यो
म बुटामुनी बसेर पनि
लत्रिन झुकिन
उसको मालिकले मेरो मुटु कोपर्न
छाउराहरु पठाउँदा
मेरो हाँक थियो
ठूलो छस् मान्दछु बलियो छस्
सक्छस् ? मेरो घाँटी छिनाल् बरु
तर
मुटु कोपर्न दिन्न नाक उखेल्न दिन्न
सिद्दिन्छु बरु अस्मिता लुट्न दिन्न
उसको मालिकले मेरो गर्जन सुन्यो सुनिरह्यो
अनि
मित्रबत् हात बढायो
मैले भने बराबर हो ?
उसको मालिकले भन्यो
हो बराबर हो !
हामी बराबर भयौं

एक दिन उसको मालिक फर्केर गयो
तर मेरो एक तिहाइ फर्काएन
मालिक हिँडेपछि ऊ डामेको साँढे भयो
त्यसै दिनदेखी पूर्वदास ऊ
मेरो मालिक बन्न उद्यत छ
मेरो मुटु कोपर्न त सक्दैन ऊ
कलेजो चुडाल्न सक्दैन
नाक उखेल्न सक्दैन
तर ऊ
कहिले मेरा हात कहिले खुट्टा कहिले धमनीहरुमा
निर्घात कुठार हानिरहेछ

कहिले मेरो कुलङ्गार सन्तान
आफ्ना सन्तानलाई
डाक्टर इन्जिनियर बनाउने लालसामा
बराबरीको हात तल लगेर थाप्छ
कहिले मेरो कलुषित सन्तान
उसको शरणार्थी बनेर
उतैबाट ममा प्रहार गर्छ
मेरै निर्लज्ज सन्तान
मेरा अरु सन्तानको मालिक बन्ने शर्तमा
उसको दास बन्न स्वीकार गर्छ
मेरो बडो बाठो प्रतीत हुने सन्तान
उसको तालमा नाच्छ
यता बराबरीको नाटक देखाउँछ कुर्लन्छ
किन्तु
उसको कानैमा सुस्तरी भन्छ
“फिक्र नही करना मेरे मालिक !
ये सब ड्रामा तो करना पडता है”
त्यसैले त ऊ उत्साहित प्रोत्साहित छ
त्यसैले त ऊ कहिले जङ्गल खोस्छ
कहिले पानी कहिले माटो
कहिले मेरै घरभित्र अनधिकार छिरेर
मेरा निरीह र निर्दोष छोराछोरीलाई चिथोर्छ
त्यसैले त उसको नजरमा मेरो कुनै सन्तान
“चन्द फायेदेमे निहाल है
एक टुकडेका मुहताज है
मनुष्य नही माल है”

आज ऊ मेरो नाकै मुनिसम्म
आफ्नो कुटिल जाल फिजाउँदै छ
हामी भाइभाइ हौं बराबर
तर म ठूलो भाइ हुँ
“इसलिए थोडा ज्यादा बराबर हुँ” भन्दै
बकबास गर्दै छ

मेरा यी ग्रामसिंह जस्ता सन्तानहरु
उसले नसुन्ने गरी
मेरो कानैनेर चिच्च्याइरहेछन्
बहादुरीको शंखनाद गर्दै
मेरो कान खाइरहेछन्

किन्तु उसलाई
लुलो र लबस्तरो “चेतावनी” दिइरहेछन्
मेरा सत्ताका लालची सन्ततिहरु
लज्जाहीन तान्डव गर्दै
पदरुपी एक टुक्रा मासुका लागि
लुछाचुडीमा निमग्न छन्
छिन्नमति लोलुपहरु
सत्तारुपी टुक्रो बचाउन र पाउन
उत्तर दक्षिण गुहार्दै छन्

उता एउटा छिमेकी
मेरै छातीमाथि राजमार्ग खनेर
त्यही मार्ग हुँदै
अर्को छिमेकीलाई भेट्न रमाना भइसक्यो
किन्तु यता
यस जगतकै “चातुर्यसम्राट ?” मेरा सन्तानहरु
भग्न कुटनीतिक परिहास गर्दैछन