२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको भूमिभित्र कुनै गतिविधि नगर्न भारतलाई आग्रह

अ+ अ-

काठमाडौँ । सरकारले नेपालको भूमिभित्र कुनै गतिविधि नगर्न भारत सरकारसँग आग्रह गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा समस्याको कूटनीतिक समाधान खोज्न भारत सरकारसँग आग्रह गरेका हुन् ।

उनले नेपालको भूमिभित्र भारतले सडक निर्माण गरेको विषयमा सरकारले कूटनीतिक माध्यामबाट समाधान खोज्न तथा नेपालले राष्ट्रिय हितलाई सर्वोपरी राखेर छिमेकीसँग सुमधुर सम्बन्ध बनाउन चाहेको पनि प्रष्ट पारे । ‘सुगौली सन्धिमा हामीले जहाँ हस्ताक्षर गर्‍यौँ, हामीले त्यही भूमि खोजेका हौँ, हामीले बढी खोजेका होइनौँ, कोभिड–१९ को सङ्कटका अवस्थामा भारतको यस कदमले दुःखित तुल्याएको छ’, उनले भने ।

मन्त्री ज्ञवालीले भारतले एकपक्षीयरूपमा सीमा हेरफेर गरेको विषय नेपाललाई मान्य नभएको समेत बताए । अन्तर्राष्ट्रिय सीमा एकतर्फीरूपमा जारी नहुने भन्दै उनले सुगौली सन्धिलाई चुनौती दिने गरी अहिले नेपाल र भारतका बीचमा कुनै सन्धिसम्झौता नभएको पनि प्रष्ट पारे ।

‘नेपालको वर्तमान सीमा सुगौली सन्धिले तय गरेको हो, सन् १८१६ को सन्धिले नै भारततर्फ नेपालको सीमा निर्धारित गरेको छ’, उनले भने, ‘२०० वर्षको अवधिमा नेपालको सीमा प्रभावित बनाउने कुनै सन्धि भएको छैन ।’ एकपक्षीय सीमा हेरफेर गर्ने कुरा नेपाललाई मान्य नहुने भन्दै उनले कालीनदी नेपालको पश्चिमी सीमा भएको यसअघि नै भारतलाई बताइएको बताए ।

सीमा विवाद अन्त्य गर्न नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक आह्वान गरिएको भए पनि कोभिड–१९ का कारण वार्ता हुन नसकेको उनले सदनलाई जानकारी दिए । सबै राजनीतिक पार्टी सीमा अतिक्रमणका विरुद्धमा रहेको भन्दै यसले सरकारलाई बलियो आधार प्राप्त भएको बताए ।

सुस्ता र कालापानी क्षेत्रमा देखिएका सीमा विवादका विषयमा सन् २०१४ मा भएको सहमतिअनुसार परराष्ट्रसचिवस्तरीय संयन्त्रबाट टुङ्गो लगाउनुपर्ने भन्दै उनले पराष्ट्र सचिवस्तरीय बैठक आयोजना गर्न भारत तयार रहे पनि कोरोना महामारीका कारण बैठक बस्न नसकेको बताए।

सीमा अतिक्रमणको विषयलाई तत्कालै अन्तर्राष्ट्रियकरण गर्ने विषयमा सरकार नपुगेको भन्दै उनले द्विपक्षीय कूटनीतिक प्रयासबाट समस्याको समाधान गर्नेतर्फ प्रतिबद्ध रहेको बताए । सुगौली सन्धिमा निर्दिष्ट भूमि समेटिएको नयाँ नक्सा जारी गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले नयाँ नक्सामा एक इन्च पनि तलमाथि नहुने गरी जारी गरिने बताए।

सीमा नियमनका सन्दर्भमा सरकार लागिपरेको जानकारी दिँदै मन्त्री ज्ञवालीले सीमा सुरक्षाका लागि सीमा क्षेत्रमा ‘बोर्डर आउट पोस्ट’को सङ्ख्या थपिएको बताए । कालापानी क्षेत्रमा पनि सशस्त्र प्रहरी बलको सीमा सुरक्षा टोली राख्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।