२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लकडाउनमा चोरी गर्ने ११ जना पक्राउ

अ+ अ-

काठमाडौँ । काठमाडौँ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरीवृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ ।

गत चैत ११ गतेदेखि लकडाउन शुरु भएको थियो । बौद्ध क्षेत्रको विभिन्न स्थानबाट सो कार्यमा संलग्न दुई महिलासहित नौ पुरुषलाई पक्राउ गरी मुद्दा चलाएको वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

विभिन्न बन्द होटल, रेस्टुराँ, पसल तथा कोठामा चोरी हुन थालेको उजुरीपछि प्रहरीले आफ्नो क्षेत्रमा गस्ती बढाएको थियो । उनले भने,‘गस्ती बढाएसँगै लकडाउनको मौका छोपी चोरी गर्नेलाई पक्राउ गरी अनुसन्धनपश्चात् कानूनी कारवाही अघि बढाइएको छौँ । ती मध्ये कोही बालबालिका समेत रहेका छन् । कोहीलाई सम्झाइबुझाइ गरेर परिवारको जिम्मामा पठाएका छौँ । कोहीलाई सुधारगृह पठाएका छौँ ।’

प्रहरीले पसल चोरी गर्दै गर्दा गोरखा घर भई हाल काठमाडौँ बौद्ध बस्ने आयुष थापा मगर तथा भोजपुर घर भई काभ्रे बस्ने सुरज मगरलाई पनि प्रहरी पक्राउ गरेको थियो ।

त्यस्तै चार्जमा राखेको मोबाइल चोरी गर्दै गर्दा प्रहरीले दुई महिलालाई पक्राउ गरी मुद्दा दायर गरेको छ । यसरी पक्राउपर्नेमा काठमाडौँ सुकेधाराकी रेश्मा लामा र पर्सा घर भई काठमाडौँ बस्दै आएकी निर्मला भनिने मिना लामा रहेका छन् ।

चोरी मुद्दामा पक्राउपर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौँ गोकर्णेश्वर बस्ने असल भुजेल र अभिषेक भुजेल, ओखलढुङ्गा घर भई काठमाडौँ बस्ने ङिमा शेर्पा र धनबहादुर तामाङ, बूढानीलकण्ठका आयुष राई र सुमन लिम्बू रहेका प्रहरीले जनाएको छ ।