११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यकर्मी र कर्मचारीको एक लाख बराबरको बीमा

अ+ अ-

मार्तडी । भारतबाट लुकेर सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाली आउने क्रम रोकिएको छैन । प्रदेशको दुर्गम जिल्लाका रूपमा रहेको बाजुरामा कोरना भाइरसका लागि चाहिने आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मी नै जोखिममा काम गर्दै आएका छन् । जिल्लाका स्थानीय तहले सञ्चालन गरेका स्वास्थ्य सहायताकक्ष हुँदै भारत र जिल्ला बाहिरका शहरबाट आएर क्वारेन्टिनमा बसेकाको जाँच गर्नका लागि चाहिने व्यक्तिगत स्वास्थ्य सामग्री (पिपिइ) नहुँदा स्वास्थ्यकर्मीले ज्यान जोखिममा पार्दै सेवा दिँदै आएका छन् ।

जिल्लामा सञ्चालन भएका स्वास्थ्य सहायताकक्षमा समेत ज्वरोमापनबाहेक अन्य कुनै उपकरण नभएकाले उनीहरुले टाढैबाट स्थानीयवासी, भारत र अन्य ठाउँबाट आएकाको ज्वरो जाँच गर्ने गरेका छन् । जिल्लाको बूढीगङ्गा नगरपालिकाले ५२ स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारीको स्वास्थ्य बीमा गरेको छ । नगरपालिकाले शुक्रबारबाट नगरका स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य केन्द्र, नगरका स्वास्थ्य शाखाका कर्मचारीमा जोखिम घटाउनका लागि कोरना स्वास्थ्य बीमा गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताए ।

स्वास्थ क्षेत्रका कर्मचारीको हौसला र सुरक्षाका लागि नगरपालिकाले रु एक लाख बराबरको निःशुल्क कोरना स्वास्थ्य बीमा गरेको नगरप्रमुख शाहको भनाइ छ । उनले भने, ‘कोरना भाइरसको कार्यमा खटिएका स्वास्थ्यकर्मीमा भाइरस सङ्क्रमण देखिएमा बीमा रकम दिने गरी प्रत्येक स्वास्थ्यकर्मीको रु एक लाखको बीमा गरेका छौ ।’

कोरोना बीमा गरेका कर्मचारीलाई बीमा गरेको १५ दिनपछि देखि एक वर्षको अवधिमा कोरोना पोजेटिभ देखिए लगत्तै रु एक लाख बराबरको उपचार तथा स्याहार खर्च उपलब्ध गराइने नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत प्रेमबाजी महर्जनले जानकारी दिए । नगरपालिकाले युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरेको छ ।

महामारीका रूपमा रहेको कोरना भाइरसका कारण स्थानीयवासीलाई लकडाउनमा भोकभोकै बस्न नदिन नगरपालिकाले रु दुई करोडको राहत कोष स्थापना गरेको नगर उपप्रमुख तारा खातीले बताए । प्रत्येक वडाका वडाध्यक्षलाई अतिविपन्न, एकल दलित, मुक्तहलिया तथा खलियाको तथ्याङ्क सङ्कलन गरी राहत वितरणसमेत गरिसकेको छ । नगरपालिकाले प्रतिपरिवार ३० केजी चामल, नुन, दाल, खानेतेल र तरकारीसमेत राहत दिएको छ । बूढीगङ्गा जिल्लाको पहिलो स्वास्थ्यकर्मीको बीमा गर्ने नगरपालिका बनेको छ ।

प्रतिक्रिया दिनुहोस