२९ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछ’ : मुख्यमन्त्री आचार्य

अ अ+ अ-

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य मान्यतालाई सुदृढ बनाउँदै समृद्धिको साझा लक्ष्यमा अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।

 छठ पर्व-२०८३ को अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले मुलुकले सामना गरिरहेका राजनीतिक, सामाजिक तथा आर्थिक चुनौतीको समाधान आपसी संवाद, सहकार्य र साझा समझदारीबाटै सम्भव हुने बताएका हुन् । 

मुख्यमन्त्री आचार्यले छठ पर्वले प्रकृति र मानवबीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै समाजमा समानता, सद्भाव, सहिष्णुता र एकताको भावना विकास गर्न प्रेरित गर्ने उल्लेख गरेका छन् । सूर्यले कुनै भेदभाव नगरी सबै प्राणीलाई समान रूपमा प्रकाश, ताप र ऊर्जा प्रदान गरेझैँ समाजमा पनि समानता र सहकार्यको भावना विकास गर्नुपर्ने उनको भनाइ छ ।

उनले छठ पर्वलाई प्रकृति र सूर्यप्रति श्रद्धा, आस्था तथा कृतज्ञता प्रकट गर्ने विशिष्ट सांस्कृतिक एवं धार्मिक पर्वका रूपमा व्याख्या गरेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गर्ने परम्पराले प्रकृति संरक्षण, अनुशासन, निष्ठा, त्याग र समर्पणको महत्त्व उजागर गर्ने उनले बताएका छन् । 

परम्परागत रूपमा तराई र मधेश क्षेत्रमा विशेष उत्साहका साथ मनाइने छठ पर्व पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रमा समेत विस्तार हुँदै जानुले नेपाली समाजको धार्मिक तथा सांस्कृतिक विविधता र सहअस्तित्वलाई थप मजबुत बनाएको मुख्यमन्त्री आचार्यको भनाइ छ । उनले पर्वका माध्यमबाट सामाजिक विभेद, कुरीति र विकृति अन्त्य गर्दै न्यायपूर्ण तथा समतामूलक समाज निर्माणमा सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । 

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले मौलिक कला, संस्कृति, भाषा, परम्परा र सम्पदाको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको पनि उल्लेख गरेका छन् । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को संकल्प पूरा गर्न सामाजिक सद्भाव, सांस्कृतिक एकता र समावेशी विकासलाई सँगसँगै अघि बढाउने प्रदेश सरकारको प्रतिबद्धता रहेको उनले बताएका छन् । 

छठ पर्वले सबैमा सकारात्मक सोच, पारिवारिक सुख, शान्ति र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस् भन्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । 

0 Comments