२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा सेनाद्वारा अस्थायी क्वारेन्टिन निमार्ण

अ+ अ-

डोटी । डोटीको शिखर नगरपालिका – ३ आलीमा सदरमुकाम सिलगढीमा रहेको रुद्धध्वज गणले अस्थायी क्वारेन्टिन निमार्ण गरेको छ ।

शिखर नगरपालिका र नेपाल रेडक्रस सोसाइटिको आवश्यक सामाग्री सहयोगमा नेपाली सेनाले अस्थायी क्वारेन्टाईन निमार्ण गर्न लागिएको रुद्धध्वज गणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले बताए ।

उनले भने,‘भारतबाट डोटीमा आउनेको क्रम दिनानु दिन बढीरहेको छ, क्वारेन्टिनको अभावका कारण केही सहजताहोस् भन्ने हेतुले नगरपालिकाले निमार्ण गर्न सहयोग माग्दा अस्थायी क्वारेन्टाईन निमार्ण गरिएको हो ।’

बाँस र पालको प्रयोग गरेर निर्माण गरिएको टहराहरु शनिबारेदेखि प्रयोगमा आइसकेका छन् । तत्कालका लागि १७ वटा आवासीय अस्थायी टहरा, १३ वटा शौचालय र १ भान्साघर निमार्ण गरिएको समेत प्रमुख सेनानी खड्काले बताए ।

शिखर नगरपालिका भरि करिब दशदेखि एघार हजार मानिसहरू कामको सिलसिलामा भारत लगायत अन्य तेस्रो मुलुक गएका छन् । नगरपालिकासँग भएका विद्यालय सामुदायिक भवनहरूको सङ्ख्यालाई हेर्दा क्वारेन्टिनको निकै अभाव भएका कारण अस्थायी टहरा निमार्णका लागि नेपाली सेनासँग सहयोग मागेको शिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिष शाहले बताए ।

उनले भने,‘नगरपालिका भित्र भारतबाट आउनेको सङ्ख्या दिनानु दिन बढीरहको छ, व्यवस्थापन गर्न हम्मे हम्मे छ, त्यसैले अस्थायी क्वारेन्टिन निमार्ण गरिएको हो ।’ अस्थायी क्वारेन्टिनमा बस्नेहरुका लागि सम्पूर्ण खानेपानी, बिजुली बत्ती, ओढ्ने ओछ्याउने लगायतका सम्पूर्ण व्यवस्थापन गरिएको समेत स्वास्थ्य संयोजक शाहीले बताए ।

नगरपालिका भित्र करिब ३ सय जना अट्नसक्ने क्षमताको अस्थायी क्वारेन्टिन निमार्ण गर्ने योजना रहेको समेत शाहीले बताए ।

भारत तथा तेस्रो मुलुकबाट आउने मानिसहरूलाई क्वारेन्टिनमा राखेर व्यवस्थापन गर्न कठीनाई भइरहेको शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए ।

उनले भने,‘हाम्रो नगरभित्रबाट बाहिर जानेको सङ्ख्या हेर्दा करिब १०, ११ हजार छ, शनिवार सम्म मात्र १३ सयको हाराहारीमा आउँदा पनि हाम्रो नगरभित्र रहेका विद्यालय, बालबिकास केन्द्र, सामुदायिक भवनहरु सबै भरिभराउ भैसकेका छन्, व्यवस्थापनमा हम्मे हम्मे भइसक्यो अब निरन्तर आउने क्रम जारी रहने हो भने थेग्न सक्ने अवस्था छैन, घर पठाउनु भन्दा अन्य विकल्प छैन ।’

शनिवारसम्म नगरभित्र प्रवेश गरेका नागरिकलाई जसो तसो तरिकाले व्यवस्थापन गरिरहेका र सकेसम्म व्यवस्थापन गर्न लागिरहेकासमेत नगर प्रमुख जोशीले बताए ।

शनिबारसम्म शिखर नगरपालिकाले ३३ वटा स्थानमा तयार गरेका क्वारेन्टिनमा शनिवारसम्म १ हजार ३ सय ३ जनालाई राखिएको छ भने भारतबाट आउने क्रम जारी रहेको नगरपालिकाले जनाएको छ ।

डोटीको शिखर नगरपालिकाभित्र मात्र नभई सबै स्थानीय तहलाई बाहिरबाट आउने नागरिकहरूलाई व्यवस्थापन गर्न हम्मे हम्मे भइरहेको छ । शनिबारसम्ममात्र डोटी जिल्लामा ७ हजार भन्दा बढी मानिसहरू भित्रिसकेका छन् भने आउने क्रम दिनानु दिन बढिरहेको छ ।

सबै स्थानीय तहले प्रदेश र केन्द्र सरकारसँग क्वारेन्टिनमा बसेकाहरूको परीक्षण गर्न माग गरिरहेका छन् । यदि सरकारले क्वारेन्टिनमा बसेकाहरूको समयमै कोरोना भाईरस परीक्षण गर्न नसकेमा सङ्क्रमण टोल बस्तीसम्म पुग्न सक्ने देखिन्छ ।