गजल
जीवनकथामा अवरोह र उत्कर्ष हुनेगर्छ
आफ्नै मनभित्र पनि, संघर्ष हुनेगर्छ ।
चित्तमा तामस पोतिनेकै अझ बढी
जिब्रोमा झुण्डिएको आदर्श हुनेगर्छ ।
जसका लागि गरिन्छ उत्थानको कुरा
उसैको खुट्टा तान्ने गोप्य बिमर्श हुनेगर्छ ।
विश्वास छ भन्छ जो सहयात्रीसंग आफ्नो
चोरिने डरले सुट्ट थैलीको स्पर्श हुने गर्छ ।
बिरलै घर फर्किने ग्वालटारेहरूलाई सोध्दा
ग्वालटार–स्वर्ग भन्ने जवाफ सहर्ष हुने गर्छ ।
लगइन गर्नुहोस्
प्रतिक्रिया दिनको लागि कृपया लगइन गर्नुहोस् ।
0 Comments







