२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रमेश विकल साहित्य प्रतिष्ठानको भवन शिलान्यास

अ+ अ-

काठमाडौँ । साहित्यकार रमेश विकलको नाममा स्थापना भएको प्रतिष्ठानको भवन शिलान्यास गरिएको छ ।

विकलले जीवित हुँदै विसं २०६३ मा रमेश विकल साहित्य प्रतिष्ठानको स्थापना गरी आफू जन्मिएको घर प्रतिष्ठानका नाममा दान गरेका थिए ।

उनले पुस्तकको रोयल्टीबापत आउने रकमसमेत प्रतिष्ठानका नाममा जम्मा हुने गरी तयार पार्नुभएको इच्छापत्रमा छोराछोरीले सहमति जनाएकी थिइन् । पाँच आना जग्गामा बनेको साढे दुई तले घर २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएपछि नयाँ भवन बनाउन शिलान्यास गरिएको हो ।

भवन निर्माणका लागि सांसदद्वय रामेश्वर फुयाँल र अम्बिका बस्नेतले काठमाडौँ क्षेत्र नं ३ को सांसद क्षेत्र विकास कोषको ४० लाख, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सांस्कृतिक क्षेत्र प्रवद्र्धन कार्यक्रमअन्तर्गत ४० लाख र राष्ट्रिय योजना आयोगको पाँच लाख गरी ८५ लाखको लागतमा भवन निर्माण हुन लागेको प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले जानकारी दिए ।

भवनको शिलान्यास गर्दै सांसद रामेश्वर फुयाँलले अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिङ्कनको जन्मस्थल केन्टकी पुगेका बेला विकलका नाममा खुलेको प्रतिष्ठानलाई सांस्कृतिक धरोहरका रुपमा विकसित गर्ने सोच आएको बताए ।

जोरपाटी क्षेत्रमा हास्यव्यङ्ग्यकार भैरव अर्याल र विकलजस्ता प्रसिद्ध साहित्यकार जन्मिएकाले साहित्यिक धामका रुपमा विकसित गरिनुपर्ने सांसद फुयाँलको भनाइ थियो । साढे दुईतले भवन असारसम्म निर्माण सम्पन्न हुने बताइएको छ । रासस

0 Comments