काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मङ्गलबार सुनको मूल्य प्रतितोला ७ सय रुपियाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको ९७ हजार २०० रुपियाँमा कारोबार हुने जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपियाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य भने सोमबारकै स्थिर रहेको छ । मङ्गलबार प्रतितोला १ हजार ३२० रुपियाँ कायम भएको छ ।