२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवा

अ+ अ-

वैज्ञानिक अधिकृत, वनस्पति विभाग
निजामती सेवा तिमी, शासनको मेरुदण्ड
प्रवाह गराउ सेवा, नभै कदापि उद्दण्ड
हतास नभउ तिमी, प्रशासनको हौ मियो
वहन गर भूमिका, बाल सबैतिर दियो

तटस्थता र योग्यता, हो निजामतीको मर्म
जनहितै मान सेवा, त्याग स्वार्थी कर्म
चुस्त दुरुस्त बनाइ, सफल गराउ सेवा
आउलान् समस्या जति, विना कर्म खोजे मेवा

यात्रा त गरिरहेछौ, झेल्दै कठिनाइ सारा
हुँदै जाँदा विकेन्द्रित, नगुमाउ अभिभारा
गर्नुपर्ने छ सुधार, सरुवा अनि बढुवा
पूरा गरे जिम्मेवारी, बन्दैन सेवा पछुवा

स्थायी स्वरुप अनि, तलब भत्ता पाउने
दाग लागे निजामती, सर्वत्र तुष छाउने
पायौं यदि भने पनि, कमै तलब सुविधा
सक्छ जति सरकार, नगरौं कुनै द्धिविधा

निष्पक्ष बनाऔं सेवा, बुझ्न सकौं जनकांक्षा
रोकौं अवाञ्छित कर्म, गरौं मुलुकको रक्षा
सुन्दर शान्त नेपाल, बनाऔं भइ विचारी
सार्वजनिक हो सेवा, बनौं संधै सदाचारी

व्यवस्था धेरै फेरिए, बाँकी छ संक्रमण
आस्था जे जे होला, नगरौं अतिक्रमण
लिए जसरी शपथ, धर्म हो गर्नु काम
जिते मन जनताको, जानु पर्दैन है धाम

सार्वजनिक हो पद, बनौं है नैतिकवान
सरल बनोस् जीवन, सेवा रहोस् मूल्यवान
सफल बनाऔं सेवा, जीवन्त रहोस् संविधान
नबसोस् गलत नजिर, हुँदैन फेरि निदान

होलान् कर्मचारी पीडा, छिटो बनोस् सेवा ऐन
संघीयता सुदृढमा, मिल्ने छ है ठूलो देन
पालना भए कानुन, हुन्छ है अनुशासन
बन्छ समृद्ध नेपाल, दिगो भए सुशासन