२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोखामा कोरोना संक्रमितको संख्या ३१८

अ+ अ-

काठमाडौं । टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३१८ पुगेको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आज १२ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कुल सङ्ख्या ३१८ पुगेको हो । जसमध्ये सबैभन्दा थोरै वडा नं २ मा एक र सबैभन्दा धेरै वडा नं ७ मा ४५ सङ्क्रमित भेटिएका छन् । यस्तै, वडा नं १ मा चार, वडा नं २ मा एक, वडा नं ३ मा २१, वडा नं ४ मा २९, वडा नं ५ मा ४३, वडा नं ६ मा ३२, वडा नं ७ मा ४५, वडा नं ८ मा २४, वडा नं ९ मा १६, वडा नं १० मा २९ र वडा नं ११ मा ३० सङ्क्रमित छन् ।

कोरोना सङ्क्रमितमध्ये १५२ जना निको भएर घर फर्किसकेको, १०४ जना होम आइसोलेसन र ५६ विरामीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । तीनजना अहिलेसम्म सम्पर्कविहिन छन् । टोखा नगरपालिकाले कोरोना सङ्क्रमित विरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शैयाको आइसोलेसन सेन्टर स्थापना गरेर विरामीको उपचार गराउँदै आएको छ । नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै उक्त आइसोलेसन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताए ।

यस्तै, टोखाले नगरपालिकामा कार्यरत कर्मचारीमा समेत कोरोना पोजेटिभ देखिएपछि भदौ २१ देखि २६ सम्म नगरपालिका कार्यालय बन्द गरेको छ । नगरपालिका कार्यालय बन्द रहेपनि कोरोना सङ्क्रमणको रोकथाम र उपचारका कुनैपनि काम नरोकिने नगरप्रमुख अधिकारीले बताए।

नगरपालिकाभित्रका ११ वटै वडामा टोखाले पिसिआर परीक्षणको दायरालाई समेत बढाएको छ । टोखाले आजदेखि प्रत्येक वडामा १०० जनाका दरले परीक्षण गर्न लागेको जनाएको छ । टोखाले यसअघि नै कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेका विरामीलाई प्रतिदिन रु ३५० भत्ता दिने निर्णयसमेत गरिसकेको छ ।

नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र कोरोना सङ्क्रमितको संख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल गोँगबुसँग सहकार्य गरेर विरामीको उपचार गरिने बताए ।