२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेडक्रस डोटीद्वारा सेवा प्रदायक निकायहरूलाई स्वास्थ्य सामाग्री सहयोग

अ+ अ-

डोटी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोटीले कोभिड-१९ को प्रतिकार्यका लागि अग्रपङ्क्तिमा रहेका सेवा प्रदायक निकायहरूलाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

रेडक्रस जिल्ला शाखा डोटीद्वारा सञ्चालित पश्चिम विपद् पूर्व तयारी परियोजना अन्तरगत शिखर नगरपालिकाका ३ वटा वडा कार्यालय, २ वटा प्रहरी चौकी, ३ वटा स्वास्थ्य चौकीलाई ४० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको परियोजना फिल्ड कोडीनेटर रबिन ढकालले बताए ।

नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले कोभिड–१९ को प्रतिकार्यका लागि स्थानीय तहहरूलाई क्वारेनटिन व्यवस्थापनका लागि त्रिपाल, कम्बल, भाँडाकुँडा, बाल्टिनका साथै हात धुने स्टेसन निर्माणका लागि जिल्ला भरी ३२ स्थानमा हात धुने ट्याङ्की, मग, साबुन वितरण गरेको डोटी शाखाका सभापति लक्षिराम कुँवरले बताए ।

परियोजना सञ्चालित शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिका समुदायहरुमा कोरोना प्रभावित ३६ परिवारहरूलाई सरसफाइ तथा स्वच्छता सामग्री वितरण गरिएको समेत सभापति कुँवरले बताए ।

परियोजनाको कार्य क्षेत्र समेत रहेको शिखर नगरपालिका वडा न.८, १० र ११ मा रहेका स्वास्थ्य चौकीलाई ४ सय थान सर्किजल मास्क, २ थान सेनिटाइजर र २ सय थान ग्लोप्स त्यसैगरी वडा कार्यालयहरूलाई ३ सय थान सर्किजल मास्क, २ थान सेनिटाइजर र २ सय थान ग्लोप्स र प्रहरी चौकीलाई ३ सय थान सर्किजल मास्क, १७ थान सेनिटाइजर र २ सय थान ग्लोप्स सहयोग गरेको शाखा प्रवर्धक सुवास श्रेष्ठले बताए ।

परियोजना अन्तर्गत शिखर नगरपालिकाको वडा नं ८,१०, ११ को ६ समुदाय र पूर्वीचौकी गाउँपालिकाको वडा नं ४ र १ का ६ समुदाय गरी जम्मा १२ समुदायहरूमा विपद् पूर्व तयारी कार्य गतिविधिहरु संचालन गर्दै आइरहेको परियोजना फिल्ड कोडीनेटर रबिन ढकालले बताए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोटीले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि जिल्ला तथा परियोजनाको कार्यक्षेत्रमा विभिन्न गतिविधिहरू गदै आइरहेको छ ।