काठमाडौं । मन्त्रिपरिषद बैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्ति गरेको छ।
कृषि मन्त्रालयको सिफारिसमा डा. भण्डारी नार्कको कार्यकारी निर्देशक नियुक्त भएको एक मन्त्रीले जानकारी दिए । डा. भण्डारी यसअघि नार्कको उपनिर्देशक थिए।
तीन वर्षदेखि रिक्त रहेको उक्त पदमा भण्डारी नियुक्त भएका हुन्। सँगै मन्त्रिपरिषद् बैठकले सातै वटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि एमओयू गर्ने निर्णय गरेको छ।
वागवानी केन्द्र स्थापनाका लागि एमओयू गर्ने अधिकार इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यलाई दिइएको छ । इजरायलले नेपालको कृषि क्षेत्रमा सहयोग गर्ने आश्वासन लामो समयदेखि दिँदै आएको थियो ।