६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनलाइनमार्फत कृषक वर्गीकरण

अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाले अनलाइनमार्फत कृषकको वर्गीकरण गर्ने भएको छ ।

महानगर भित्रका कृषकलाई परिचयपत्र वितरण गर्नका लागि अनलाइनमार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रक्रिया अगाडि बढाइएको महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

कडरियाका अनुसार महानगरले तयार पारेको वेबसाइट https://apms.pokharakrishi.com मा राखिएको अनलाइन दर्ता फारम भरेर कृषक सूचीकृत हुन सक्नेछन् । कृषकले सबै विवरण घरमै बसेर मोबाइलबाटै पनि भर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । फारममा कृषकको सम्पूर्ण विवरण भरेर पेश गरेपछि उक्त विवरणकै पहिचान गर्न सहज हुने उनको भनाइ छ । कोरोना भाइरसको महामारीका बेला कार्यालयमा भीडभाड गर्नुभन्दा अनलाइनबाट काम गर्दा छरितो हुने विश्वास गरिएको छ ।

कडरियाले कृषि क्षेत्रमा संलग्न कृषकलाई संलग्न तालिकामा दिइए अनुसारको विवरण अनलाइनबाट भर्न कृषकलाई अनुरोध गरिएको छ । कृषकले पेश गरेको विवरण सम्बन्धित वडाले रुजु गरी सिफारिसका साथ महानगर कृषि तथा पशु विकास महाशाखामा पठाउने र सम्बन्धित किसानले परिचयपत्र नं र वर्गीकरण सहितको कार्ड प्राप्त गर्नेछन् । उक्त कार्यविधिमा केही परिवर्तन भएकाले विगतमा कार्ड लिएका कृषकले पनि पुनः फर्म भर्न उनको आग्रह छ ।

महानगरप्रमुख मानबहादुर जिसीले स्मार्ट महानगरको अवधारणासहित अघि बढेको जनाउँदै प्रविधिको प्रयोग गरेर कृषिमा थप जागरण ल्याउन र वास्तविक कृषकको पहिचान गर्न अनलाइन प्रविधिमा जोड दिएको बताए । कृषि क्षेत्रको समग्र विकासका लागि स्रोत साधनको न्यायोचित र प्रभावकारी व्यवस्थापन गरी वास्तविक कृषक लाभान्वित हुने सुनिश्चितता कायम गर्न यो प्रणाली महत्वपूर्ण रहने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस