१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौता

अ+ अ-

काठमाडौं । नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकअर्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा आज उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतानुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एकअर्काका देशमा प्रत्येक पटक प्रवेश गरेका मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिइकन प्रवेश गर्न, ट्रान्जिटका रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् ।

उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र ओमानका तर्फबाट त्यहाँका परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबीले हस्ताक्षर गरे ।

सो सम्झौतापछि ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमणलगायत अन्य गतिविधि बढाउन सहयोग पुग्ने मस्कटस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यसैगरी पछिल्लो समय ओमान अन्तरराष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटका रूपमा विकास भइरहेका सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिका लागि त्यहाँ हुने भ्रमणमा समेत सो सम्झौताले सहजीकरण गर्ने जनाइएको छ ।

हस्ताक्षर कार्यक्रममा उनीहरुले प्रवेशाज्ञामा सहजीकरण भएसँगै दुवै देशले आपसी सम्बन्धका विविध आयामलाई थप गतिशील र सक्रिय बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस