२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोकको नाम राख्ने विषयमा दुई पक्षबीच विवाद हुँदा १० घाइते, प्रहरीले चलायो गोली

अ+ अ-

रौतहट । रौतहटमा एउटा चोकको नाम राख्ने विषयमा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले गोली चलाएको छ।

गुजरा नगरपालिकाको परसवा चोकको नामको विषयमा परसवा र मनहरवाका बासिन्दाबीच विवाद हुँदा झडपमा दुवैतर्फका गरी १० जनाभन्दा बढी स्थानीयवासी सामान्य घाइते भएका छन्।

करीब एक दशकदेखि चोकको नाम परसवा रहेको भए पनि हरेक वर्ष दशैंको समयमा विवाद हुँदै आएकोमा आइतबार झडपकै स्थिति सिर्जना भएको थियो। स्थिति तनावग्रस्त भएपछि प्रहरीले एक सेल अश्रुग्यास प्रहार गर्नुका साथै एक राउन्ड हवाई फायर गरेको छ ।

गुजरा नपाको वडा नम्बर १ र ७ को बीचमा रहेको चोकको विस्तार हुँदै जाँदा नामको विषयमा विवाद बढ्दै गएको छ। परसवा टोलका बासिन्दाले चोकको नाम परसवा र मनहरवा टोलवासीले मनहरवा राख्नुपर्ने अडान राख्दै आएका छन्।

चोकमा खोलिएका पसलहरुको होर्डिङ बोर्डमा मनहरवा लेख्ने कि परसवा लेख्ने भन्ने विवाद छ। चोकको नामको लागि केही दिन अघि परसवा चोक भनी सार्वजनिक बोर्ड झुन्ड्याइएकोमा त्यसलाई भत्काएर मनहरवा चोकको बोर्ड राखिएको थियो। मनहरवा लेखिएको बोर्डमा कालो पोतिएपछि झन् विवाद बढेको थियो ।

चोकको नामबारे लामो समयदेखि विवाद रहँदै आएकोमा गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले यसपाली दशैंमा समाधान गर्ने प्रतिबद्धता जनाएका थिए।