२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालबालिकामा सिसाजन्य पदार्थको असर बढी

अ+ अ-

ललितपुर । बालबालिकामा सिसाजन्य पदार्थको असर बढी पर्ने गरेको पाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मनाइरहेको सप्ताव्यापी सिसाजन्य पदार्थको असर तथा रोकथामको अवसर पारेर नेपाल पोलिमर इन्स्टिच्यूटको आयोजना तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), व्यावहारिक विज्ञान तथा प्रविधि केन्द्र (रिकाष्ट) र नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडिआरआइ)को सहआयोजनामा भएको ‘सिसाजन्य तथा टल्कने पदार्थले स्वास्थ्य र वातावरणमा पारेको असर’ विषयक कार्यक्रममा बालबालिकाको दिमाग कलिलो हुने भएकाले उनीहरुमा यस्ता चिजले बढी असर पार्ने गरेको जानकारी गराइयो ।

त्रिचन्द्र बहुमुखी क्याम्पसका सह–प्राध्यापक तथा इन्स्टिच्यूटका कोषाध्यक्ष डा. ज्योति गिरीले विभिन्न प्रकारका रङ्ग र मानिसले प्रयोग गर्ने सौन्दर्यका सामग्रीमा सिसाजन्य अर्थात टल्कने प्रदार्थ हुनेहुँदा यसले मानवको शरीरमा असर गर्ने बताए । उनले भने, ‘यस्ता वस्तुले साना बालबालिकको दिमागमा असर गरेर विभिन्न रोगको सिकार बनाउँछ ।’ जमिनमा प्रयोग भएका सिसाजन्य पदार्थले पानी र माटो हुँदै उत्पादन भएको अन्नमा समेत प्रभाव पार्न नछाड्ने गिरीको भनाइ छ ।

मोबाइलको ब्याट्री, रङ्ग उद्योग, बालबालिकाले खेल्ने खेलौना, घरमा प्रयोग गरिने काठपात तथा हस्तकला र गरगहना आदिमा पोतिने चिजमा पनि सिसाजन्य पदार्थको प्रयोग हुने गर्छ । यसको असरलाई थप बढवा दिन उद्योग र कलकारखानाबाट निस्कने धुँवा, मलखाद र विषादी थप मद्दत गर्ने जानकारको मत छ ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिइपिएचइडी) का कार्यकारी निर्देशक रामचरित शाहले अन्य वस्तुको तुलनामा घरमा लिपिने रङ्गमा अधिक मात्रामा सिसाजन्य प्रदार्थको प्रयोग हुने जानकारी गराए । उनले भने, ‘नेपाली बजारमा अधिक मात्रामा सिसाजन्य पदार्थ प्रयोग गरिएका रङ्गहरु अहिले पनि उतिकै उत्पादन भइरहेका छन् । यसको नियन्त्रणमा सरकार नै लाग्नुपर्ने देखिन्छ ।’ ती रङ्ग उद्योगमा सरकारका प्रतिनिधिले अनुसन्धान गरेर मापदण्ड तोकिदिएमा मात्रै मानवीय जीवनका साथै वातावरणमा पर्ने असर समेत घट्ने शाहले बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद आर्यालले मूलुकमा मोबाइल प्रयोगकर्ता बढिरहेको अवस्थालाई उजागर गर्दै यसमा प्रयोग हुने सिसाजन्य प्रदार्थलाई ध्यानमा राखी आवश्यक र सही तवरले मात्र मोबाइल प्रयोग गर्न सुझाव दिए । नेपाल केमिकल सोसाइटीका महासचिव डा. भानुभक्त न्यौपानेले मानिसले दैनिक प्रयोग गर्ने सौन्दर्यका सामग्रीमा सिसाजन्य पदार्थको प्रयोग कति हुनुपर्छ र कति भइरहेको छ भनेर अध्ययन तथा अनुसन्धान गर्न जरुरी रहेको औंल्याए ।

डोको रिसाइकल नामक संस्थाका प्रतिनिधि पंकज पञ्जीयारले नेपालमा काम नलाग्ने ब्याट्री व्यवस्थापनमा समस्या रहेको दुःखेसो गरे । ‘नेपाली माटोमा एसिड पनि उतिकै पोखिने गरेको हुँदा यसतर्फ पनि कडा नियम बन्न जरुरी छ ।’ मूलकका करोडौँ बालबालिकालाई सिसाजन्य पदार्थको जोखिमबाट बचाउने दरो नीति नियम खाँचो भइरहेको पञ्जीयारले बताए।

रिकाष्टका कार्यकारी निर्देशक रामेश्वर अधिकारीले सिसाजन्य पदार्थको जोखिमबाट मानव र वातावरण दुवैलाई बचाउन रिसाइक्लिङ प्लान्ट र उचित पूर्वाधार व्यवस्था गर्न जरुरी रहेको सुझाव दिए ।

पूर्व विज्ञान मन्त्री गणेश शाहले यस्ता वस्तुको असरबाट जोगिनुपर्नेमा जोड दिँदै त्यसका लागि सरकारले उचित नियम बनाउनुपर्ने बताए । नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले ती चिजले मानवको दिमागमा समेत असर गर्न नछाड्ने भएकाले यसको प्रदुषण हटाउन विज्ञको सहयोग, सुझाव र सल्लाहका साथसाथै नाष्ट अघि बढ्न चाहेको बताए ।

कार्यक्रमका अन्य वक्ताले नेपालको पानीमा हालसम्म सिसाजन्य पदार्थ नभेटिएको र रङ्गमा बढि मात्रामा सिसाजन्य पदार्थ भेटिएको हुँदा यसतर्फ सरकारले मापदण्ड तोकेर मात्र उत्पादन र बजार व्यवस्थापन गर्न दिनुपर्ने बताए ।