११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा विभिन्न मुद्दाका २६ फरार अभियुक्त पक्राउ

अ+ अ-

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ ।

प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका-३ बस्ने ३१ बर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको छ । उनीविरुद्ध उच्च अदालत पाटनले विसं २०७६ चैत २ गते सात दिन कैद र रु छ लाख ६७ हजार जरिवाना हुने गरी फैसला गरेको भएको थियो । उच्च अदालतबाट तोकिएको कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका निज भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी साधारण चोरी मुद्दामा फरार रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका-३ बस्ने सन्तोष खंग र सोही नगरपालिका-९ बस्ने माईकल भन्ने सन्तोष गौतमलाई प्रहरीले पक्राउ गरेको छ । खंगविरुद्ध तनहुँ जिल्ला अदालतले विसं २०७६ असार ८ गतेको फैसलाले दुई वर्ष दुई दिन कैद, रु २२ हजार ५०० जरिवाना र माईकल भन्ने सन्तोष गौतमउपर दुई वर्ष दुई महिना चार दिन कैद र रु २२ हजार ५०० जरिवना ठहर गरेको थियो । ती दुवै व्यक्ति अदालतबाट फैसला पश्चात तोकिएको कैद र जरिवाना भुक्तान नगरी फरार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

त्यसैगरी जारी मुद्दामा तनहुँ जिल्ला अदालतको विसं २०७१ मङ्सिर ७ गतेको फैसलाले जनही एक÷एक महिना कैद र रु एक हजार जरिवाना तोकिएका भानुनगरपालिका-६ बस्ने बिमल थापा मगर र निजकी श्रीमती सञ्जु थापा मगर पक्राउ परेका छन् ।

त्यस्तै करकाप मुद्दामा फरार आठ, लिखत बेइज्जती मुद्दामा फरार छ, लागु औषध मुद्दामा फरार एक, गाली बेईज्जती मुद्दामा फरार दुई, जारी मुद्दामा फरार एक, नाता कायम मुद्दामा फरार एक, सम्बन्धविच्छेद मुद्दामा फरार एक र जारी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाई कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जम्मा चार वर्ष चार महिना १३ दिन कैद र जम्मा रु सात लाख १६ हजार ६२० जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्यलाई तनहुँ प्रहरीले तीव्रता दिँदै आएको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताए ।

प्रतिक्रिया दिनुहोस