२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिहारका लागि मेरिगोल्ड फूल फुलाउँदै भण्डारी दम्पती

अ+ अ-

गण्डकी । पोखरा महानगरपालिका वडा नं १७ विरौटास्थित बाराही नर्सरी यतिखेर मेरिगोल्ड फूलले ढकमक्क ढाकिएको छ । नेपालीको दोस्रो महत्वपूर्ण फूलैफूलको पर्व तिहार नजिकिँदै गर्दा नर्सरीका सञ्चालक वसन्त भण्डारी र उनकी श्रीमती सञ्चितालाई मेरिगोल्डले छुट्टै खुशी ल्याएको छ ।

भाडामा लिइएको जग्गामा पुष्प व्यवसाय गरेका उनीहरूका लागि यो व्यवसाय नौलो भने होइन । आजभन्दा एक दशकअघि विसं २०६६ देखि पुष्प व्यवसायमा लागेको भण्डारी दम्पतीले विगतका वर्षमा राम्रै आम्दानी गरेपछि यसलाई निरन्तरता दिँदै आएको छ । सञ्चालक सञ्चिताले यस वर्ष करिब एक रोपनी जग्गामा एक हजार २०० अमेरिकन मेरिगोल्ड जातको फूलका बिरुवा रोपिएको र उत्पादन राम्रो भएको जानकारी दिइन् ।

‘एउटा फूलको बोटमा सरदर ३० वटा फूलका थुङ्गा टिप्न तयार भएका छन्’, उनले भनिन्,’प्रतिथुङ्गा रु पाँचमा बिक्री गर्ने सोचमा छौँ ।’ तिहारमा फूलबाट रु एक लाख ५० हजार आम्दानी गर्ने उनीहरूको लक्ष्य छ ।

यतिखेर फूलसहितको बोटलाई रु २५० मा बिक्री गर्दै आएको बताउँदै उनले फूलका पारखी नर्सरीमै आउने गरेका जानकारी दिइन् । फूल मात्र नभई बिरुवा बिक्री गरेर पनि राम्रै आम्दानी भएको उनले बताइन् । गत वर्ष लगभग पाँच रोपनी क्षेत्रफलमा पुष्प व्यवसाय गरेको बताउँदै भण्डारीले विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण यस वर्ष थोरै क्षेत्रफलमा खेती गरिएको सुनाइन् ।

शुरुमा बोडीखेती गर्न तयार पारिएको बारीमा केही ठाउँ खाली भएपछि नजिकैको नर्सरीबाट भण्डारी दम्पतीले १५० फूलका बिरुवा किनेर फूलखेती फस्टाएपछि यसलाई व्यवसायका रूपमा अपनाउँदै आएको हो । फुर्सदका समय सदुपयोग गर्दै जग्गा तयारीदेखि बिरुवा लगाउने, गोडमेल गर्ने आवश्यकतानुसार औषधि प्रयोग गर्ने आफूहरूको नित्यकर्म बनेको सञ्चालक वसन्तले बताइन् ।

विगतमा प्लाष्टिक टनेलभित्र र खुला दुवै तरिकाबाट भए पनि यस वर्ष भने खुलारूपमा व्यावसायिक फूलखेती गरेको बताउँदै उनले तिहारमा बाहिरबाट आउने फूलसँग प्रतिष्पर्धा गर्नुपर्दा उचित मूल्य नपाउने गरेको गुनासो गरिन्। बारीमा उत्पादन भएको फूलको प्रतिथुँगा रु पाँच र एउटा मालाको रु ५० देखि रु १०० सम्म बिक्री हुन्छ ।

महँगो बीउ, जनशक्ति अभाव र आवश्यकतानुसारको प्राविधिक सहयोग प्राप्त हुन नसक्दा उत्पादनको लागत बढी हुने गरेको उनले बताइन् । उनका अनुसार अमेरिकन मेरिगोल्ड एक पटक मात्र फुल्ने भएकाले तिहारका लागि लक्ष्य गरिएको हो ।

यस वर्ष नर्सरीमा उत्पादित एभोकाडो एक हजार ८००, सुन्तला तीन हजार, कागती एक हजार पाँचसय, ड्रागनफुट एक हजार दुई सय, अम्बा ५००, मेरिगोल्ड फुलका ४००, मेवाका १०० बिरुवा बिक्री गरी रु तीन लाख पचास हजारभन्दा बढी आम्दानी गरेको भण्डारी दम्पती बताउँछ ।

पुष्प व्यवसायी सङ्घ कास्कीका अध्यक्ष सीतामाया रानाले जिल्ला फूलमा आत्मनिर्भर भएको जानकारी दिइन्। संस्थामा बिभिन्न ३२ वटा फूल उत्पादक नर्सरी आबद्ध रहेको बताउँदै उनले पोखरा र आसपासमा उत्पादित फूलले बजारको मागलाई पूरागर्ने विश्वास व्यक्त गरिन्। यस वर्ष तिहारको पाँच दिनमा पोखरामा लगभग रु सात करोड कारोबार हुने अनुमान गरिएको छ ।

कोरोनाका कारण पनि व्यवसायीले फूल उत्पादनमा कुनै कमी हुन नदिएको बताउँदै अध्यक्ष रानाले बाहिरबाट आउने फूल पूर्णरुपमा विस्थापित गर्नेतर्फ सङ्घ निरन्तर अभियानमा जुट्दै आएका कारण यस वर्ष अन्य जिल्ला तथा विदेशबाट फूल नआउने जनाइन् ।