२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा रोकियो

अ+ अ-

२ मंसिर काठमाडौं । नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । मुजिबुर बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेको हो । शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल भने बंगलादेशले २-० ले जितेको थियो ।

दुई खेलको सिरिज भने घरेलु टोली बंगलादेशले जित्दै ट्रफी आफैंले राखेको छ । पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा गोलका केही अवसर सदुपयोग गर्न नसक्दा हार ब्यहोर्न पुग्यो ।

ढाकास्थित बगबन्धु नेशनल स्टेडियममा भएको खेलमा प्रशिक्षक बाल गोपाल महर्जनले भरत खवासलाई पहिलो रोजाइमा खेलाउँदै कप्तानको जिम्मेवारी दिएका थिए । तर १९ औं मिनेटमा भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेपछि गोलकिपर किरण चेम्जोङले आर्मब्याण्ड लगाए ।

पहिलो खेलमा डेब्यु गरेका तीन खेलाडी विकास खवास एरिक विष्ट र दर्शन गुरुङले दोस्रो खेलमा भने पहिलो रोजाइमै अवसर पाए । विकासले पहिलो खेलमा पहिलो रोजाइमै डेब्यै गर्दै पूरा खेलेका खेलेका थिए ।

बेन्चबाट मैदान प्रवेश गरेका एरिक र दर्शनले भने दोस्रो खेलमा शरुदेखि नै खेले । यस्तै दोस्रो खेलमा थप ३ खेलाडीले डेब्यु गरे । डिफेण्डर छिरिङ गुरुङले पहिलो रोजाईमै डेब्य गर्दा मिडफिल्डरद्वय पुजन उपरकोटी, सेसेहाङ आङदेम्बेले बेन्चबाट मैदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यु गरे ।