१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपामा आएको ज्वरो मत्थर भो, कुनै हालतमा फुट्दैन : मन्त्री भट्टराई

अ+ अ-

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वैचारिकरुपमा प्रशिक्षित कार्यकर्ताको बलियो जगमा उभिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै हालतमा नफुट्ने बताएका छन् ।

बुधबार विर्तामोडस्थित नेकपा जिल्ला पार्टी कार्यालयमा आयोजित प्रेस सङ्गठन नेपालको झापा जिल्ला समितिको शपथग्रहण समारोहमा उनले पार्टीमा उत्पन्न विवाद मत्थर भएको जानकारी दिए ।

‘‘नेकपाको स्वास्थ्य आज बिहानसम्म राम्रो थिएन, १०४ डिग्रीको हनहनी ज्वरो आएको अवस्था थियो, अहिले पार्टीको विवाद समाधान उन्मुख भएको छ”, उनले भने, “यो ज्वरो सिजनल फ्लु मात्र हो कोरोना लागेको होइन, मौसम परिवर्तनसँगै देखा पर्छ र आजदेखि मत्थर भइसकेको छ ।”

मन्त्री भट्टराईले पार्टीको एकीकरण र विवादमा विदेशी शक्तिले चलखेल गरेको आरोप अस्वीकार गर्दै आफ्नै बलबुतामा पार्टीभित्र एकता कायम हुने बताए । उनले भने, “हजारौँ कार्यकर्ता पङ्क्तिको विश्वास र योगदानबाट एकताबद्ध भएर समाजवादतर्फको फराकिलो मार्गमा पार्टी अघि बढ्छ, इन्डियनले फुटाउँदा फुट्ने र चाइनिजले जोड्दा जोडिने कुरा भ्रामक हो ।”

शीर्ष नेतृत्वको विवाद हुँदा झगडामा पेट्रोल छर्किदै हिँड्ने व्यक्ति पार्टीभित्र देखा परेको उल्लेख गर्दै उनले पार्टीमा सङ्कट परेको बेला झगडा बढाउने कार्यकर्ता उच्छृङ्खल र अराजक भएको टिप्पणी गरे ।

झापामा मुक्ति पौडेलको संयोजकत्वमा चयन भएको प्रेस सङ्गठनको झापा जिल्ला समितिले आज मन्त्री भट्टराईको उपस्थितिमा सङ्गठनका प्रदेश नं १ का संयोजक राजन केडीबाट शपथ लिएको थियो ।

प्रतिक्रिया दिनुहोस